अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाले वर्षा, यी क्षेत्रमा बाढीको जोखिम

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। देशभर साधारणतया बदली रहेको छ। बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज बिहानको मापन अनुसार कोशी, […]

आज राष्ट्रिय शोक, देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो । उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा […]

पत्रकार महासंघ उपत्यकाले बुधबार साँझ श्रद्धाञ्जली सभा गर्ने, सञ्चारकर्मी र सञ्चार गृहलाई पनि क्षतिपूर्तिको माग

FNJ valley

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले भोलि (बुधबार) साँझ साढे ५ बजे माइतीघरमा दीप प्रज्वलन गर्ने भएको छ । अनामनगरस्थित प्रदेश कार्यालयमा मंगलबार बसेको उपत्यका प्रदेश समितिको बैठकले आन्दोलनमा ज्यान गुमाउने नागरिक तथा सुरक्षाकर्मीहरुको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको हो । बैठकले घाइते […]

असोज १६ गते बिहान ११ बजेर ५३ मा टीकाको शुभ साइत

काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष विजया दशमी (दशैं)को महत्वपूर्ण शुभसाइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालद्वारा हस्ताक्षरित सूचनामा असोज ६ गतेदेखि सुरु हुने नवदुर्गा पूजासँगै दशैंका दिनसम्बन्धी साइत उल्लेख गरिएको छ। यस वर्षको साइत अनुसार अशोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा घटस्थापना शुरु हुने बताइएको छ । […]

मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख दिइने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्च ५ लाख गरी कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको गृह तथा […]

सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने, प्रदर्शनको छानबिन गर्न आयोग गठन गरिने

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरूको सम्झनामा सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने भएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद्काे बैठकले जेनजी जागरण स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय गरेको हो । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार पार्कका लागि स्थान भने ताेकिएकाे छैन । आन्दोलनको कारण हालसम्म ७२ जनाको मृत्यु भइसकेको सरकारले […]

असोज १ गते शोक दिवस मनाइने, दिइयो सार्वजनिक बिदा, ज्यान गुमाएकाहरुलाई शहीद घोषणा

काठमाडौं । सरकारले भोलि (१ असोज)मा शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भोलि शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ । उनका अनुसार जेनजी आन्दोलनका क्रममा […]

विराटनगरको भाटभटेनीमा पनि भेटियो शव

विराटनगर । भाटभटेनी सुपर मार्केटको विराटनगर स्टोरमा पनि एउटा शव फेला परेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिका–६ स्थित भाटभटेनी सुपर मार्केटमा सोमबार जलेको अवस्थामा शव फेला परेको हो । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सोमबार दिउँसो दोस्रो तल्लामा जलेको अवस्थामा शव फेला परेको जानकारी दिए । जेनजी आन्दोलनकारीका नाममा अराजक […]

भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा

काठमाडौं । नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् । उनले यस्तो कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई पनि अनुरोध गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले कोषकोबारेमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ । ‘हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरु बनाउनुपर्नेछ,’ उनले भनेका छन्,’ आक्रोशको […]

ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् । मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् । साथै ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।