असोज १६ गते बिहान ११ बजेर ५३ मा टीकाको शुभ साइत

काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष विजया दशमी (दशैं)को महत्वपूर्ण शुभसाइत सार्वजनिक गरेको छ।

समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालद्वारा हस्ताक्षरित सूचनामा असोज ६ गतेदेखि सुरु हुने नवदुर्गा पूजासँगै दशैंका दिनसम्बन्धी साइत उल्लेख गरिएको छ।

यस वर्षको साइत अनुसार अशोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा घटस्थापना शुरु हुने बताइएको छ ।

दशैको टीकाको साइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा शुभ साइत रहेको उल्लेख छ । टीका लगाइमाग्ने ब्यक्ति पूर्व फर्केर टीका लगाउनु उत्तम हुने अध्यक्ष प्रा ढकालले जनाएका छन् ।

हेर्नुस् दशैका लागि शुभ साइत