दुई मोटरसाइकल ठोक्किँदा दुबै चालकले गुमाए ज्यान

अर्घाखाँचीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ। बुधबार राति छत्रदेव गाउँपालिका–१ सौरेखोलामा लु ५८ प ७९७८ र लु ३३ प ६५४४ नम्बरका मोटरसाइकल विपरीत दिशाबाट आइ ठोक्किँदा दुबै सवारीका चालकको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा अर्घाखाँची पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ […]

ग्लोबल आइएमईको साधारणसभा कात्तिक २६ मा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकले आगामी कात्तिक २६ गतेका लागि १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । उक्त सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो । उक्त सभाले मुख्य रूपमा हाल […]

अविजित नेपाल उपाधी नजिक

cricket

काठमाडौं । ओमानलाई हराउँदै नेपाल टि२० विश्वकपको एसिया तथा इस्ट एसिया क्षेत्रीय छनोटको उपाधी नजिक पुगेको छ । ओमानको मस्कटमा बधबार भएको खेलमा घरेलु टोलीलाई ३८ रनले पराजित गरि अपराजित यात्रा कायम राखेको नेपालले उपाधी जित्ने सम्भावना बलियो बनाएको छ । नेपाल र ओमान बुधबार नै युएईले समाओमाथि जित निकालेसँगै भारत र श्रीलंकामा हुने विश्वकपका […]

घट्यो पेट्रोलको मूल्य

काठमाडौं । पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो । निगमका अनुसार काठमाडौँ उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ । डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको छ […]

जेन–जी प्रतिनिधि यमराज पक्राउ

काठमाडौं ।  पछिल्लो समय ‘जेन–जी प्रतिनिधि’ भन्दै विभिन्न सरकारी कार्यालयमा पुगेर कर्मचारीलाई धम्क्याउँदै आएका यमराज र  यमु भनेर चिनिने अर्जुनबहादुर शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बुधवार साँझ कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको हो। परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार शाहीको अबैधानिक हर्कत र आपराधिक पृष्ठभूमिबारे थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। […]

जितेन्द्र सोनल बने मधेशको चौथो मुख्यमन्त्री

jitendra sonal

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार साँझ संविधानको धारा १६८ (२) बमोजिम सोनललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह अल्पमतमा परेपछि राजीनामा दिएका थिए। सोनलले नेपाली कांग्रेस र नेकपा एमालेबाहेक लोसपा, […]

भक्तपुर क्यान्सर अस्पतालमा पेलियटिभ सेवा बिस्तारको लागि कोष स्थापना

Bhaktapur cancer hospital

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा पेलियटिभ केयर दिवस–२०२५ को अवसर पारेर पेलियटिभ हेरचाह कोष बनाउने घोषणा गरेको छ । “प्रतिज्ञा पूरा गरौं — सबैलाई पेलियटिभ हेरचाहको पहुँच सुनिश्चित गरौं” भन्ने उद्गारसहित एक विशेष कार्यक्रमका बीच अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले सो घोषणा गरेका छन् । भक्तपुर क्यान्सर अस्पताल पेलियटिभ हेरचाह कोषमा […]

दाना उद्योगमा दुर्घटना, तीन कामदारको गयो ज्यान

चितवन । चितवनको रत्ननगर–१२ स्थित किसान दाना उद्योगमा रहेको दाना नं. ४ को वाल (भित्ता) भत्किँदा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। बिहान करिब १० बजेको समयम्मा वाल भत्किएपछि गम्भीर घाइते भएका तीन कामदारको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो । ज्यान गुमाउनेमा चितवनकै खैरहनी नगरपालिका–२ का ४५ […]

प्रधानमन्त्री कार्कीको प्रेस सल्लाहकारमा रावल

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा पत्रकार रामबहादुर रावल नियुक्त भएका छन् ।  उनी नेपालखबरको सम्पादक समेत हुन् । बाजुरामा जन्मथलो भएका रावल नेपालखबरअघि रवि लामिछानेको ग्यालेक्सी फोरके टेलिभिजनका सम्पादक थिए। त्यसअघि उनले कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिक, नेपाल एफएमलगायत विभिन्न सञ्चारमाध्यममा डेढ दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरेका […]

चाँगुनारायणमा अलपत्र पारिएका दुधे बाच्छाहरुको उद्धार

भक्तपुर । चाँगुनारायण नगरपालिका–४ मा अलपत्र अवस्थामा रहेका आठ वटा दुधे बाच्छाहरूको उद्धार गरिएको छ। चाँगुनारायण-४ मा अलपत्र पारी छाडिएका भर्खरै जन्मेका देखि एक महिना उमेरका बाच्छाहरूको ज्यान जोखिममा परेको जानकारी पाएपछि स्थानीय सामाजिक अभियन्ता  दिनेश खनालको पहलमा उद्दार तथा ब्यवस्थापन गरिएको हो । पूर्व जनप्रतिनिधि समेत रहेका खनालले जनाए अनुसार बाच्छाहरू भोक र चिसोले […]