देशभर मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणता बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर […]

सुन्दरीजलमा बाढीले फसेका पाँच जनाको सेनाद्वारा उद्धार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलको सुन्दरीमाई मन्दिर नजिकको खोलामा नुहाउने क्रममा बाढीले फसेका पाँच जनाको नेपाली सेनाले सकुशल उद्धार गरेको छ। आज बिहान करिब २:३० बजे एकासी खोलाको बहाव अचानक बढेपछि खोलाको बिच भागमा ४ जना भारतीय नागरिक र १ जना नेपाली फसेका थिए। सूचना प्राप्त भएपछि श्री चन्दननाथ गणबाट खटिएको नेपाली सेना टोलीले […]

सांसद दाहालद्धारा एमाले नेता योगेश भट्टराईको पछिल्लो अभिव्यक्तिको प्रतिवाद

काठमाडौँ  । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन दाहाल)ले नेकपा एमालेका सांसद योगेश भट्टराईको पछिल्लो अभिव्यक्तिको प्रतिवाद गरेका छन् । सांसद दाहालले सामाजिक सञ्जालमार्फत भट्टराईको पछिल्लो अभिव्यक्तिको प्रतिवाद गर्दै ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान हटाउने प्रयासमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका छन्। सांसद दाहालले आफ्नो सामाजिक संजााल फेसबुक […]

कम्बोडियामा मानव बेचबिखन आरोपमा भारतीय र पाकिस्तानीसहित ३ हजार बढी पक्राउ

न्यूजकारखाना, काठमाडौं । शिव मन्दिरको बिषयलाई लिएर थाइल्याण्ड र कम्बोडिया बिचमा बिबाद र गोली हानाहान जारी छ। तर, यसैबेला कम्बोडियावाट एउटा अर्को खबर आएको छ । कम्बोडियामा यतिखेर मानव बेचबिखनको मुद्दाले हाल चर्चामा आएको छ किनभने कम्बोडिया प्रहरीले मानव बेचबिखन गर्ने ठुलो गिरोहलाई पक्राउ गरेको छ।  गत २७ जुन २०२५ देखि २२ जुलाई २०२५ सम्म […]

कांग्रेसभित्र एआई बहस, के भन्छन् सभापति देउवा?

sher bahadur deuba

ललितपुर । सूचना प्रविधिको द्रुत विकाससँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग दिनानुदिन बढ्दो छ। विश्वका सात अर्ब जनसंख्यामध्ये धेरैको जीवनशैलीमा यसको प्रभाव स्पष्ट देखिन थालेको छ। यही सन्दर्भमा नेपाली कांग्रेसले प्रविधिमैत्री राजनीतिक अभ्यासको संकेत दिँदै ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ शीर्षकमा केन्द्रीय कार्यालय सानेपाबाट एआई बहसको श्रृङ्खला आरम्भ गरेको छ। कार्यक्रमको विशेषता – […]

आफूहरूलाई कार्वाही गर्न आइजीसंग ट्रक ब्यवसायीकै आग्रह

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सवारी साधनमा अत्यधिक भारवहन (ओभरलोड) नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको छ। महासंघका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रहरी महानिरीक्षक दिपक थापासँग भेट गर्दै ज्ञापनपत्र बुझाएको हो। महासंघका महासचिव राजेन्द्र बिक्रम बाँनियाँका अनुसार सवारी तथा यातायातसम्बन्धी ऐन, नियम र […]

सुन्दर मिलनको क्षण रातमा छ, त्यो हात उनको यो हातमा छ

काठमाडौ‌ । सुन्दर मिलनको क्षण रातमा छ  त्यो हात उनको यो हातमा छ । गजलकार आँचलकुमार शर्मा यस्ता शेरमा प्रस्तुत भइरहँदा राष्ट्रिय नाचघर, जमलको मिनी प्रेक्षालयमा तालीका पर्रा छुट्दै थिए । डेढ सयजति श्रोताले भरिएको प्रेक्षालयमा थप माहोल तताउँदै आए बिनोद बिम्बित । कि बालापनमा फर्किन्थेँ तिमी आए अँगालोमा कि यो संसार बिर्सिन्थेँ तिमी आए […]

कर्णाली विकास बैंक घोटाला प्रकरण : सवा ३ अर्ब हिनामिना, १११ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्ष

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा १११ जनालाई मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निकालेको छ । यो निष्कर्ष निकाल्दै सीआईबीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । केही दिनअघि मात्रै अनुसन्धान प्रतिवेदन बुझाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए । सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय उच्च […]

श्रीमतीको ज्यान लिएको आरोपमा श्रीमान पक्राउ

सुर्खेत । आफ्नै श्रीमती ४० वर्षीया रबिना ठाडा मगरको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–१३ सुगर खोला बस्ने ४२ वर्षीय दानसिंह ठाडा मगरलाई गए राति प्रहरीले पक्राउ गरेको हो । दानसिंहले काठ प्रहार गर्दा रबिनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट कहरेखोला समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ […]

शंखधर चोक–दक्षिण बाराही मन्दिर मार्गमा ट्राफिक संकेत स्थापना

भक्तपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुर र मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा मध्यपुर थिमिको शंखधर चोकदेखि दक्षिण बाराही मन्दिरतर्फ जाने मार्ग अन्तर्गत हनुमन्ते खोलाको पुल क्षेत्रमाचार पाङ्ग्रे सवारी साधनलाई एकतर्फी रुट व्यवस्था लागू गर्दै ट्राफिक संकेत बोर्डहरू राखिएको छ। त्यस्तै, थिमिको शंखधर चोकबाट ब्यारीला हुँदै बालकोट नयाँ बस्ती जाने बाटो साँघुरो भएकाले उक्त सडकलाई समेत […]