काठमाडौँ । मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भूभाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ । जसको प्रभावले देशभर पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको […]
अङ्ग दानप्रति भ्रम र नीति नियम खुकुलो नहुँदा अङ्गदानमा २० प्रतिसत मात्र उपलब्धि
भक्तपुर । नेपालमा मिर्गौला, कलेजो लगायतका जीवनरक्षक अङ्गले काम नगर्ने अवस्थाका बिरामीको संख्या वर्षेनी बढ्दै गएको छ, तर उपलब्ध दाताको संख्या आवश्यकताको २० प्रतिशतसम्म पनि पुग्न सकेको छैन। विश्व अङ्गदान दिवसका अवसरमा शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आयोजित विशेष कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समाजमा अङ्ग दान गर्ने मानिस स्वर्ग नजाने भ्रम […]
आफ्नै कार्यालयको प्रगति समिक्षामा प्रधानमन्त्रीको यस्तो निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुुखलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई आज सिंहदरवारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधुनिक, विकसित र समृद्ध नेपाल […]
भक्तपुरमा भदौ १ देखि तीन दिन अष्ट्रेलिया र न्यूजिल्यान्ड पढ्न जानेलाई नि:शुल्क परामर्श मेला
भक्तपुर । उच्च शिक्षा प्राप्तिका लागि अष्ट्रेलिया र न्यूजिल्यान्ड रोज्ने विद्यार्थीका लागि भक्तपुरमा एक्स्पो हुने भएको छ । ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ आगामी भदौ १ देखि ३ गतेसम्म भक्तपुरमा आयोजना हुने भएको हो । आर्गस एजुकेशन भक्तपुर, सूर्यविनायकको आयोजनामा हुने तीनदिने यो एक्स्पोमा दुवै देशका प्रतिष्ठित विश्वविद्यालयका अध्ययन कार्यक्रम, छात्रवृत्ति अवसर, भर्ना […]
गोली हानेर जनकपुरबाट प्रहरीले समात्यो दुई जना लागुऔषध कारोबारी
जनकपुर । प्रहरीले गोली हानेर २ जना लागुऔषध कारोबारीलाई समातेको छ । लागु औषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएको टोलीले जनकपुरको मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली प्रहार गरेर दुई जना लागु औषध कारोबारीलाई पक्राउ गरिएको ब्यूरोका एक अधिकृतले बताए । प्रहरीको गाेली लागेर लागु औषध कारोबारमा संलग्न पप्पु शाह घाइते भएका छन् । उनको दायाँ […]
नेपालका जेलमा २८ हजार ७ सय १८ जना कैदीबन्दी
काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् । उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा बालबालिका ६४ जना, विदेशी १ […]
नागरिक उन्मुक्तिको अध्यक्षमा लालवीर चौधरीलाई आयोगले दिएन आधिकारिकता
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको आधिकारिकता अध्यक्ष रञ्जिता श्रेष्ठकै पक्षमा रहने भएको छ। पार्टीका संरक्षक रेशम चौधरीले हालै राष्ट्रिय भेला बोलाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएको जानकारी निर्वाचन आयोगमा पठाएका थिए। तर, मंगलबार अबेर निर्वाचन आयोगले गरेको निर्णयमा लालवीर चौधरीलाई अध्यक्षका रूपमा मान्यता नदिएको स्रोतले बतायो। यससँगै स्वतः रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहने स्थिति बनेको […]
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । यस्तै, सञ्चार तथा सूचना […]
आजको मौसम : सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर साधरणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ । […]
शुक्रबार राजधानीमा अष्ट्रेलियन एजुकेशन फेयर, उपत्यका बाहिर पनि आयोजना हुने
काठमाडौँ । अष्ट्रेलियामा उच्च शिक्षा प्राप्त गर्ने सोच राख्ने नेपाली विद्यार्थीलाई लक्षित गरी शुक्रबार राजधानीमा अष्ट्रेलियन एजुकेशन फेयर-२०२५ आयोजना हुने भएको छ। ग्लोबल एजुकेशन सर्भिसेज प्रा. लि. (ग्लोबल रीच)को आयोजनामा होटल याक एण्ड यतिमा हुने यो मेला बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। मेलामा ३० भन्दा बढी अष्ट्रेलियन विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको उपस्थिति रहने […]










