ललितपुर । नेपालले दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माणको प्रतिबद्धता लिएको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बताएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एफएओ नेपाल तथा साझेदार संस्थाहरूको संयुक्त आयोजनामा मंगलबार ललितपुरमा आयोजित “पारिवारिक खेती र समावेशी ग्रामीण रूपान्तरण : जलवायु परिवर्तनको सन्दर्भमा दिगो विकासका लागि नवप्रवर्तन” विषयक अन्तर–क्षेत्रीय संवाद कार्यक्रममा […]
सिटिइभिटीका तीन सदस्यलाई मन्त्री पन्तको प्रतिशोधपूर्ण पत्र, मन्त्रीबाटै ऐनको उल्लंघन
भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)का तीनजना सदस्यलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बर्खास्तीको पत्र थमाएका छन् । परिषद् अध्यक्षसमेत रहेका मन्त्री पन्तले परिषद्को ऐनका दफाहरूलाई समेत छेडखानी गरी पत्र थमाएपछि प्रतिशोधपूर्ण निर्णय गरेको आरोप लागेको छ । उनले सदस्य विश्वनाथ ओझा, रामकुमार यादव र शैलन्द्रमोहन झालाई बर्खास्तीको पत्र थमाएका हुन्। […]
भक्तपुरमा निसान गाडीको ठक्करबाट सिन्धुपाल्चोकका एक युवकको निधन
भक्तपुर । भनपा-९ ब्रह्मायणी चाेकमा निसान गाडीको ठक्करबाट एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक सिन्धुपाल्चोकको बाह्रविसे-८ स्थायी घर भई हाल भनपा-९ ब्रह्मायणी बस्ने वर्ष ३४ सुनिल कार्की रहेका छन् । करिब सबा ४ बजे बा.प्र.०१-००६ ख ६६८४ नं. को निशान गाडीले हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई […]
हनुमन्ते खोलामा नेपाली सेनाका हवल्दारको शव फेला
भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे १ बजेको समयमा शव फेला परेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक दत्ताराम अधिकारीको कमान्डमा खटिएको प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी करिब ३ बजेको समयमा शवलाई पोस्टमार्टमका लागि दुवाकोट स्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा पठाइएको जिल्ला प्रहरी […]
एलिसाको सौन्दर्यको भग्नावशेष सार्वजनिक
काठमाडौं । कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह सौन्दर्यको भग्नावशेष सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले कृतिको विमोचन गरे। अधिकारीका अनुसार एलिसाका कविताले जीवन र जगतका सत्यलाई सहज रूपमा अभिव्यक्त गरेका छन्। डा. नवराज लम्सालले कवितामा सपना, रहर मात्र नभई अवसाद र असन्तुष्टिका बीच अघि बढ्ने सजगता भेटिन्छ […]
कैलाली कारागार घटनाबारे छलफल गर्न कानुन समितिले बोलायो गृहमन्त्री
काठमाडौँ । कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु भएको घटनाबारे छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ । बुधबार बिहान १० बजे बस्ने बैठकमा गृहमन्त्री लेखकलाई बोलाइएको हो । कारागारमा कैदीबन्दीको दुई समूहबिच भएको झडपमा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४८ […]
हुलाकी सडकबारे रुलिङ नभए सभामुखको अगाडि अनसन बस्ने सांसदको चेतावनी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडकका बारेमा संसद्मा कति पटक कुरा उठाउँदा सम्बोधन हुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै हुलाकी राजमार्गको कटहरी खण्ड १० वर्षसम्म बन्न नसकेको बताए । आफूले संसद्मा पटक–पटक कुरा उठाउँदा पनि सम्बोधन नभएको बताउँदै उनले सभामुख देवराज घिमिरेलाई रुलिङको माग गरे […]
तोलामा १३०० रुपैयाँ घट्यो सुनको मूल्य
काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ३१५ […]
अझै फेला परेनन् भारत उत्तराखण्डको बाढीमा हराएका २६ नेपाली, नामलिस्टसहित
काठमाडौँ । भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपाली अझै फेला परेका छैनन् । भारतस्थित नेपाली दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै उत्तर काशीमा २१ र पौडी गढवालमा ५ नेपाली बेपता भएको जानकारी दिएको छ । उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगस्ट आएको बाढी र पहिरोमा […]
आज सङ्घीय संसद्को दुवै सदनको बैठक, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक मंगलबार (आज) बस्दै छ। प्रतिनिधिसभा बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलका […]









