भाटभटेनीमै भेटियो प्याकेजिङ नगरिएको खाद्यवस्तु

ललितपुर । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँ दोबाटोस्थित भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गिता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन समितिले सोमबार अनुगमन गर्दा भाटभटेनीमा म्याद उल्लेख नगरिएको तथा मापदण्डअनुसार प्याकेजिङसमेत नगरिएको इम्लीको अचार फेला परेको थियो। ‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज […]

पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति ललितपुरले स्थापना गरेको छुट्टाछुट्टै पत्रकारिता पुरस्कारबाट उनीहरू पुरस्कृत भएका हुन् । बिहीबार पाँचौँ जिल्ला अधिवेशनको अवसर पारेर दाहाललाई ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार- २०८०’ प्रदान गरिएको छ भने पोखरेलले ‘मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार-२०८०’ पाएका छन्। पुरस्कृत हुने दाहाल […]

अनुमती मागेरै रोए महर्जन

ललितपुर । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो । केही बेरमै मञ्चमा अतिथिहरूको लस्कर देखियो । माहोल रोमाञ्चक बन्दै थियो । कार्यक्रम सुरु भयो । मञ्च अगाडि सयौँ विद्यार्थी र अभिभावकहरुको उपस्थिति थियो । तर उपस्थित सबैको नजर एकनाशले मञ्चमा रहेका एकजना व्यक्तिमा अडिएको थियो । माहोल रोमाञ्चक थियो । तर, […]

ललितपुरमा दुई युवाको हत्या आरोपी ४ सार्वजनिक

ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ […]

ललितपुरमा ग्याङ फाइट हुँदा २ युवकको हत्या

ललितपुरमा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट गरी २ जनाको हत्या गरिएको छ । जिल्लाको ललितपुर महानगरपालिका वडा नं. २६ ढोलाहिटीमा दुईजनाको हत्या भएको हो । मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घरभई हाल ढोलाहिटी बस्ने २८ वर्षिय रोवस राई र पाचथर घर भई खुमल्टार बस्ने ३० वर्षका पुजन राई रहेको जिल्ला प्रहरी परिसर ललितपुरका […]

ललितपुर र चेओरवनबीच भगिनीसम्बन्ध कायम गरिने

ललितपुर । ललितपुर महानगरपालिका र दक्षिण कोरियाको चेओरवन सहरबीच भगिनीसम्बन्ध कायम गर्ने तयारी भएको छ । दुवै पक्षले यसबारे गृह कार्य गरेको हो । कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङ नेतृत्वको प्रतिनिधिमण्डललाई ललितपुर महानगरमा स्वागत गर्दै प्रमुख महर्जनले भगिनीसम्बन्ध कायम गर्ने तयारीबारे जानकारी गराएका हुन् । भगिनीसम्बन्ध कायम गर्नका लागि जोङ नेतृत्वको भ्रमण महत्वपूर्ण […]

जनप्रतिनिधि र प्रेस सेन्टरबीच अन्तरक्रिया

ललितपुर । ललितपुरमा पत्रकार र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘जनप्रतिनिधिसंग प्रेस सेन्टर’ विषयक उक्त कार्यक्रममा माओवादी केन्द्र निकट जनप्रतिनिधि र पत्रकारबीच शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा कार्यक्रमको उद्देश्य अनुसार प्रेस र जनप्रतिनिधि विषयक दुई कार्यपत्र प्रस्तुत गरिएको प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीले जनाएका छन् । कार्यक्रमका […]

ललितपुरका दुई स्वास्थ्य सहकारी मर्ज, अध्यक्षमा बजगाईँ

ललितपुर । सहकारीमा समस्या भइरहेका बेला ललितपुरमा दुई प्रतिष्ठित सहकारी मर्ज भएका छन । शुक्रबार ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाई पार्टी भेन्यूमा सम्पन्न भएको वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था र नयाँ आशा स्वास्थ्य सहकारी एक आपसमा मर्जर भएका हुन् । ललितपुरमा सम्पन्न सभाको उद्घाट गर्दै प्रमुख अतिथि संस्थाको उत्कृष्ट कारोबारी सदस्य पुष्पप्रसाद घिमिरेले सरकारीहरू सरकारको नीति–नियमअनुसार […]

ललितपुरमा पाठ्यक्रम प्रबोधीकरण एवं प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न

nim prakash singh rathor

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा पाठ्यक्रम प्रबोधीकरण एवं प्रश्नपत्र निर्माण कार्यशाला सम्पन्न भएको छ । शिक्षा बिकास तथा समन्वय इकाई ललितपुरको आयोजनामा संचालित कार्यशाला सोमबार सम्पन्न भएको हो । बज्रवाराही माविमा भएको दुई दिने कार्यशालामा करिब २ दर्जन शिक्षकको सहभागिता रहेको बताइएको छ । कार्यशालामा अंग्रेजी र गणित विषयका शिक्षकहरु सहभागी भएका थिए । अंग्रेजी […]

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि बास बस्न बाध्य पत्रकारलाई चिसो बाट बचाउन प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने भएको हो । प्रेस सेन्टर ललितपुर शाखाको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख रुपैयाँ बराबरको १ सय थान ज्याकेट उपलब्ध […]