धनीलाई धेरै धनी र गरिबलाई धेरै गरिब बन्न नदिने सरकारको रणनीति रहेको खुलासा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रिय बिभुती शंखधर शाख्वाबाट प्रेरित रहेको प्रष्ट पारेका छन् । उनकै पदचाप पछ्याउदै आफूले प्रथम पटक प्रधानमन्त्री हुँदा सबै साना किसानको ३० हजार ऋण मिनाहा गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले जनहितमा सकेजति सबै काम गर्ने सिलसिला जारी रहेको प्रष्ट पारेका हुन् । नेपाल सम्बत ११४४ शुभारम्भको अवसरमा थिमिको शंखधर चोकमा […]

भक्तपुरमा होन्डा किन्ने ग्राहकले स्क्र्याच कुपनबाट जिते १० लाख

होण्डा मोटरसाइकलले ल्याएको चाडपर्व लक्षित उपहार योजना “दशैंमा १० लाख” अन्तर्गत भक्तपुरको गठ्ठाघरमा होन्डा मोटरसाइकल किन्ने ग्राहकलाई उक्त पुरस्कार परेको छ । खरीदमा पाएको स्क्र्याच कुपनबाट उनले १० लाख रुपैया जितेका छन् । कम्पनीले जनाए अनुसार १० लाख रुपैयाँ हात पार्नेमा गोकुल लामिछाने परेका छन् । गठ्ठाघरस्थित मेट्रो अटो सेन्टरबाट होन्डा ग्राजिया खरीद गर्दा लामिछानेले […]

हिन्दी गीत संगीत र चलचित्रबाट नेपाललाई खतरा रहेको भक्तपुरका मेयरको भनाइ

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हिन्दी भाषाबाट नेपाललाई खतरा रहेको दावी गरेका छन् । हिन्दी गीत संगीत र चलचित्रले नेपालमा खतरा निम्त्याइरहेको उनले दावी गरेका हुन् । बिहीवार कमलविनायकस्थित ईष्ट प्वाइण्ट स्कूलमा देउसी भैलो प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भने, “संसारमा कुनै पनि देशलाई आक्रमण गर्नुभन्दा अगाडि सांस्कृतिक अतिक्रमण शुरु हुन्छ । अनिमात्र भौतिक […]

पोल्याण्ड पठाइदिने भन्दै १७ जनासंग ठगी गरेको अभियोगमा भक्तपुरकी एक महिला पक्राउ

वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीया सुनिता कर्माचार्य रहेकी छन् ।  काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं […]

दशैँको अन्तिम दिन भक्तपुरमा रहेकी नवदुर्गाको विशेष पूजाअर्चना

बडा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरमा रहेकी नवदुर्गाको विशेष पूजाअर्चना गरेका छन् । राजाले कोजाग्रतमा पूजाअर्चना गर्ने प्रचलनलाई निरन्तरता दिंदै राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति पौडेलले शनिवार भक्तपुर आएर नवदुर्गा मन्दिरमा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली भवानीको दर्शन र पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेललाई बनमालाहरुले […]

मध्यपुर अस्पतालमा एमआरआई

भक्तपुरको नयाँ थिमीस्थित मध्यपुर अस्पताल स्थापनाको १३ वर्ष पुगेको छ । १३ औं वार्षिकोत्सवको अवसरमा बुधवारबाट अस्पतालले एमआरआई सेवा समेत सञ्चालनमा ल्याएको छ। स्थापनाको १३ औं वार्षिकोत्सवको अवसर पारेर मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको हो । केही साता अघि बाट परिक्षणमा रहेको एमआरआई सेवा बुधवार बाट नियमित सेवाको रुपमा शुभारम्भ गरिएको अस्पताल संचालक समितिका […]

रेडक्रसकर्मीलाई सहुलियत देखि निःशुल्क उपचारसम्मको सेवा

Bhaktapur International Hospital4

भक्तपुरको मध्यपुर थिमि वडा नं. ३ कौशल्टारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाबीच सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवाको सम्झौता भएको छ । अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ र रेडक्रसको तर्फबाट उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले सम्झौता पत्रामा हस्ताक्षर गर्दै भक्तपुर इन्टरनेशनल अस्पतालबाट रेडक्रसकर्मीलाई सहुलियत देखि निःशुल्क उपचारसम्मको सेवा प्रवाह हुने सार्वजनिक गरेका हुन् । […]

संघीयताको उत्कृष्ट अभ्यासमा छौं,पालिकाबिरुद्ध शिक्षक आन्दोलन प्रयोग हुनुहुँदैन : सुनिल प्रजापति

भक्तपुर नगरपालिकाले संघीयताको उत्कृष्ट अभ्यास गरिरहेको नगर प्रमुख सुनिल प्रजापतिले प्रष्ट पारेका छन् । सोमबार नगर भित्रका विद्यालयका प्रधानाध्यापक भेलामा प्रमुख प्रजापतिले सोकुरा प्रष्ट पारेका हुन् । भक्तपुर नपा आफैले ख्वप विद्यालय, इञ्जिनियरिङ्ग लगायतका विषयका कलेजलहरु र प्राविधिक शिक्षालयहरु सक्न्चालन गरिरहेको उनले बताए । सामुदायिक र संस्थागत विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई समान शिक्षा दिने विषयमा जोड […]

शिक्षा क्षेत्रमा अब्बल मानिएको भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम यस्तो

आफ्नै विद्यालय र कलेज चलाएर शिक्षा क्षेत्रमा अब्बल मानिएको भक्तपुर नगरपालिकाले नयाँ बजेटमा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख सुनिल प्रजापतिले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका हुन् । बुधवार नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गरेको १४ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर […]

भक्तपुरमा सवारी चालक अनुमती पत्र सम्बन्धी बिहानी सेवा शुरु

आकाश गजुरेल । भक्तपुर, १० बैशाख २०८० । सवारी चालक अनुमती पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजे बाट नै सेवा शुरु गरेको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालय समय भन्दा अतिरिक्त डेढ घण्टा अघिबाटै यातायात व्यवस्था कार्यालयले सेवा शुरु गरेको हो । आइतवार बागमती प्रदेश सरकारका मुख्य सचिव […]