राजधानीमा जारी शिक्षक आन्दोलनप्रति माओवादी केन्द्र बागमती प्रदेश समितिको ऐक्यबद्धता

भक्तपुर । नेपाल शिक्षक महासंघको नेतृत्वमा राजधानीमा जारी शिक्षक आन्दोलन प्रति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिले ऐक्यबद्धता जनाएको छ । प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले आइतबार ऐक्यबद्धता अपिल सार्वजनिक गर्दै शिक्षक आन्दोलनप्रति पार्टी प्रदेश समितिको तर्फबाट ऐक्यबद्धता प्रकट गरेका हुन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो […]

शिक्षकको पक्षमा प्रमुख प्रतिपक्षी दल, विशेष अधिवेशन बोलाएर विधेयक ल्याउन प्रचण्ड पहल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यकता परेमा संसद्‌को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् । राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए । माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिल गरे । ‘जबसम्म माग पूरा […]

जन्मदिनमा क्याम्पसलाई १ सय ४० थान पाठ्यपुस्तक उपहार

भक्तपुर । भक्तपुरको सानोठिमी क्याम्पसका उपप्राध्यापक जीवन ढुङ्गानाले क्याम्पसलाई पाठ्यपुस्तक दिएर आफ्नो जन्मदिन मनाएका छन् । हाल अष्ट्रेलियाको मेलबर्नस्थित डेकिन विश्वविद्यालयमा बिद्यावारिधी अध्ययनरत रहेका उपप्राध्यापक ढुङ्गानाले आज चैत २३ गते पर्ने आफ्नो जन्मोत्सवका अवसरमा भक्तपुरको सानोठिमी क्याम्पसलाई १ सय ४० थान पाठ्यपुस्तक प्रदान गरेका हुन् ।  उनी अध्ययन बिदामा हाल अष्ट्रेलियामा छन् । उनले जन्मदिनको […]

आन्दोलनरत शिक्षकलाई बार्तामा आउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं, । आन्दोलनरत शिक्षकहरूलाई बार्ता र संबादमा आउन शिक्षा मन्त्रालयले अनुरोध गरेको छ । गत बुधवार देखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षक तथा बिधालय कर्मचारीलाई बार्ता र संबादमा आउन मन्त्रालयले अनुरोध गरेको हो । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय […]

स्कूल छोडी हजारौं शिक्षक सडकमा, काठमाडौंका मेयरले गरे आन्दोलनको प्रशंसा

काठमाडौ । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले राजधानीमा प्रदर्शन गरेका छन् । हजारौं शिक्षक कर्मचारीले आजबाट अनिश्चितकालीन सडक संघर्ष शुरु गरेका हुन् । शिक्षा ऐन नल्याएको र पटक पटक शिक्षक कर्मचारीसंग गरिएका सम्झौता सरकारले पालना नगरेका कारण सडक आन्दोलन गर्नुपरेको शिक्षक नेता शंकर अधिकारीले जानकारी दिए । शिक्षा ऐनमार्फत शिक्षक […]

संसदको चालू अधिवेशनबाट शिक्षा ऐन आउन असम्भव, शिक्षा समितिका सभापति र शिक्षक नेताबीच चर्काचर्की

रोशन गाउँले, काठमाडौ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका सांसदहरुले चालू हिउँदे अधिवेशनमा नभई बजेट अधिवेशनमा मात्र विद्यालय शिक्षा विधेयक प्रस्तुत गर्न सकिने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भने उपसमिति बनेको ३५ दिनभित्र विधेयकको काम सकिसक्ने हुँदा त्यसबेलासम्म संसदको चालू अधिवेशन रहेमा विद्यालय शिक्षा ऐन आउन सक्ने […]

शिक्षकका माग सम्बोधन नगरे परिणाम राम्रो हुँदैन : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँग शनिबार खुमलटारमा भेट गर्दै अध्यक्ष प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने र त्यसको मूल्य सरकारले चुकाउनुपर्ने स्पष्ट […]

शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका प्रमुख अधिकारीको असामयिक निधन

शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका इकाई प्रमुख रहेका उपसचिव विचारीप्रसाद अधिकारीको असामयिक निधन भएको छ । अधिकारी करिब एक वर्ष देखि आन्द्रासम्बन्धी क्यान्सरले ग्रसित रहेका थिए । ५५ वर्षको उमेरमा उनको निधन भएको हो । उनको पार्थिव शरीरलाई आजै शुक्रवार अपराह्न ३ बजे पशुपतिस्थित आर्यघाट पुर्याइ अन्तिम सस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । […]

शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष सिग्देललाई पितृशोक

शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष एवं आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देललाई पितृशोक परेको छ । उनका पिता सीताराम सिग्देलको ७८ बर्षको उमेरमा निधन भएको हो । सीताराम श्वासप्रश्वास सम्बन्धी रोगले ग्रसित थिए । महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार अपराह्न करिब १ बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई आजै […]

अघिल्ला सरकारले गरेको सहमती शिक्षा विधेयकमा समेट्नुपर्छ : सांसद दाहाल

काठमाडौ ।नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन) ले अघिल्ला सरकारले सरोकारवालासँग गरेका सहमती विद्यालय शिक्षा विधेयकले सम्बोधन गर्नुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहले शनिवार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सो अवसरमा सांसद दाहालले कतिपय विद्यालयमा विद्यार्थी भन्दा शिक्षक बढी रहेका पनि बताए […]