६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना संक्रमण

काठमाडौं, १२ भदौ । काेराेनाकाे संक्रमणबाट सुरक्षाकर्मी, स्वास्थ्यकर्मीपछि काेराेनाबाट सञ्चारकर्मीहरु प्रभावित भएका छन् । काेराेना भाइरसबाट नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकार संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघले देशका सात मध्ये ६ प्रदेशमा पत्रकारहरुमा कोरोनाकाे संक्रमण पुष्टि भएकाे छ । महासंघका अनुसार अहिलेसम्म सुदूरपश्चिमका कुनै पनि पत्रकार संक्रमण भेटिएकाे छैन । महासंंघले प्रदेश १ मा […]

महाधिवेशन सारेर ६ महिना कार्यकाल थप्यो पत्रकार महासंघले

काठमाडौं । विधानद्वारा निर्धारित महाधिवेशन सार्दै नेपाल पत्रकार महासंघले आफ्नाे कार्यकाल थपेकाे छ । बुधबार प्रविधिको प्रयाेग गरी गरिएकाे राष्ट्रिय भेला (जुम वेविनार)बाट महासंघले यस्ताे निर्णय गरेकाे हाे । विश्वव्यापी रुपमा नराम्ररी असर गरेकाे काेराेना भाइरस (काेभिड १९) कारण महासंघले बुधवार इन्टरनेटबाटै भर्चुअल भेला सम्पन्न गरेकाे छ । केन्द्रीय समितिका पदाधिकारी, सल्लाहकार, प्रदेश र जिल्ला […]

सूचना विभागका महानिर्देशकले ‘याे फाइल रोक भन्दै’ पत्रकार दिया चन्दको प्रेसपासमा साइन गर्न मानेनन

काठमाडौं । सूचना तथा प्रशारण बिभागले पत्रकार दिया चन्दको प्रेस पास रोकिदिएको छ । पत्रकार चन्द कार्यरत रहेकाे मिडियाका अरु सबैलाइ प्रेस पास दिए पनि उनकाे मात्र पास सूचना विभागका महानिर्देशकले राेकेका हुन् । इमान्दार मिडिया प्रालिद्वारा संचालित संचारकेन्द्र डटकमकी कार्यकारी सम्पादक रहेकी चन्दले साेही अनलाइनबाट अन्य ७ जनालाइ भने प्रेस दिइएकाे बताइन । पत्रकार […]

पत्रकार महासंघ फेरि आन्दोलनमा जाने तयारीमा

काठमाडौं, १६ साउन । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ फेरि आन्दोलनमा जाने भएको छ । यसअघि सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका विरुद्धमा सडक आन्दोलनमा उत्रेको महासंघ यसपटक श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि सडकमा उत्रन खोजेको हो । नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिको आज बसेको बैठकले श्रमजीवी पत्रकार ऐन–२०५१ कार्यान्वयनका लागि […]

स्थापना दिवसका अवसरमा पूर्वपदाधिकारीलाई सम्मान गर्दै पत्रकार महासंघ

काठमाडौँ, १२ चैत । नेपाल पत्रकार महासङ्घले आफ्नो स्थापनाको ६४औँ वर्ष प्रवेशका अवसरमा २० पूर्वपदाधिकारीलाई सम्मान गर्ने भएको छ । महासङ्घ बने यता उपसभापति, उपाध्यक्ष र महासचिव पदमा रही विशिष्ट योगदान पु¥याउने पूर्वपदाधिकारीलाई सम्मान गर्न थालिएको महासचिव रमेश बिष्टले जानकारी दिए । पूर्वउपसभापतिहरु राधा बुढाथोकी, चित्राङ्ग थापा, कर्णदेव भट्ट, ईश्वरचन्द्र गौतम, हेमन्त कर्माचार्य, तेजबहादुर भण्डारी, […]

प्रहरीले मिडियाको अधिकार छिन्न खोज्यो, स्रोत माग्ने अधिकार प्रहरीलाई छैन : पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ । महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुने गरी पत्र काटेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आम सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीका सम्बन्धमा […]

नेपाली मिडिया र मिडियाकर्मीमाथि उठेका केही अहम सवाल

हिजोआज पत्रकारितामा आकर्णण बढ्दो छ । खासगरी सुचनामा पहुँच पनि हुने र सबै क्षेत्रमा स्थापित हुन पनि सकिने भएकोले युवा पुस्ताको आकर्षण बढेको हुनसक्छ । श्रमजीवी पत्रकारहरुको छाता संगठनमा रहेका नाताले पत्रकारितामा बढिरहेको यो आकर्षणले एक हदसम्म खुसी तुल्याउँछ । आफुले अंगालेको पेशाप्रतिको ठुलो आकर्षण देखिदा खुसी लाग्नु स्वभाविकै हो । तर, अहिले देशमा अभ्यास […]

पत्रकार महासंघले चैतभित्र सबै प्रदेशको निर्वाचन गर्ने

काठमाडौँ, २८ असोज । नेपाल पत्रकार महासङ्घको संघीय संरचनाअनुसार आगामी चैतभित्र महासङ्घका १० वटै प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको छ । बिहीबार र शुक्रबार दुई दिन बसेको दोस्रो केन्द्रीय कमिटी बैठकले संविधानअनुसार महासङ्घका संरचनालाई पूर्णता दिनका लागि सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी गराए […]