बाढी र पहिरोले ४८ को मृत्यु ३५ वेपत्ता २५ घाइते

काठमाडौं, २९ असार । केही दिनदेखि परेकाे अविरल वर्षापछि अाएकाे बाढी र पहिराेमा परि अहिलेसम्म ४८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएकाे छ । मृत्यु हुनेमा २७ जना पुरुष रहेकाे र २१ जना महिला रहेकाे बताइएकाे छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)ले बाढी र पहिरोमा परेर देशभर ४८ जनाकाे मृत्यु र ३५ […]

भारतीय बाँधका कारण रौतहट पूरै डुबानमा, प्रहरी आफै उद्धारको पर्खाइमा

रौतहट, २८ असार । भारको बैरगनीया र रौतहटको गौरबीच रहेको रहेको बाँधका कारण रौतहट पूरै डुवानमा परेको छ । भारतले बनाएको उक्त बाँधका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती पूरै डुवानमा परेका हुन् । भारतीय पक्षले बाँधका पानी थुन्ने ढोका खोल्नुको सट्टा अझै बाँधको सुरक्षामा लागेपछि भारतप्रति सामाजिक सञ्जालमा ठूलो आक्रोश […]

अविरल वर्षासँगै बाढी पहिरोको वितण्डा, १७ को मृत्युु

काठमाडौं, २७ असार । देशभर जारी अबिरल वर्षासँगैको बाढी र पहिरोमा परी १७ जनाको ज्यान गएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)का अनुसार बाढी र पहिरोमा परेर १३ जना घाइते भएका छन् । अहिलेसम्म खोटाङमा ३, काठमाडौंमा ३, काभ्रेमा २, भोजपुरमा २ तथा ललितपुर, मकवानपुर, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली र धादिङमा […]

काठमाडौंमै घरको पर्खाल भत्किदा एकै घरका तीनको मृत्यु

काठमाडौं, २७ असार । काठमाडाैंकाे मुलपानीमा घरकाे पर्खाल भत्किदा ३ जनाकाे मृत्यु भएकाे छ । शुक्रबार अविरल वर्षाका कारण मुलानीमा एक घरकाे पर्खाल भत्किएर एकै घरका ३ जनाको ज्यान गएकाे हाे । मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका […]

अविरल वर्षाले काठमाडौँका बस्तीमा बागमती नदी पस्ने खतरा, सतर्क रहन आग्रह

काठमाडौँ, २७ असार । अविरल वर्षाका कारण बागमती नदीकाे बहाव खतराकाे तहभन्दा माथि पुगेकाे छ । बागमतीमा पानीकाे सतह खतराकाे तहभन्दा माथि पुगेपछि नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले नदी आसपासका क्षेत्रका बासिन्दालाई उच्च साबधानी अपनाउन मोबाइल मार्फत एसएमएस पठाइसकिएको जानकारी दिए । उनले […]

अविरल वर्षाले सिंहदरवार भित्रै पुर्यायो क्षति, सिंहदरवार पर्खाल नै भत्किएर एकजना घाइते

काठमाडाैं, २७ असार । बिहीबारदेखि परेकाे अविरल वर्षाका कारण देशकाे प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा पनि असर परेकाे छ । देशका अन्य भागमा बाढी र पहिराेले क्षति पुर्याउँदा सिंहदरवारमा भने पर्खाल नै भत्किएको छ । अविरल वर्षाले सिंहदरबारको पूर्वी गेट अगाडिको पर्खाल भत्किएको हाे। शुक्रबार बिहान पर्खाल ढल्दा एक जना व्यक्ति घाइते भएका छन । महानगरीय […]

पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक अवरुद्ध

पाल्पा, २७ असार। लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालन भएको छ । तीन दिनअघिदेखि लगातार वर्षा भइरहेकाले बिहीबार बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ । पहिरोले अवरुद्ध बनेको सडक केहीबेरअघि डोजर लगाएर पहिरो हटाएपछि एकतर्फीरूपमा सञ्चालन गरिएको […]

पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध, पूर्व जाने आउने सवारी ठप्प

सिन्धुली, २७ असार । सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । विपी राजमार्ग अन्तर्गत सिन्धुलीकाे गोलन्जोर र सुनकोशी गाउँपालिकामा बाटाे अवरुद्ध भएको छ । गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले […]