यसरी चलाइरहेको छ सनराइज बैंकले गोप्य ठगीधन्दा

काठमाडाैं, ९ पुस । आफुलाई अब्बल दर्जाको बैंक भन्दै प्रचार गराउने सनराइज बैंकले ग्राहकहरुलाई ठग्ने कार्य गरेको खुलासा भएको छ । सनराइज सेफ डिपोजिट लकर सुविधा, भिसाडेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, रेमिट्यान्स, सनराइज माइक्रो बैंकिङलगायत आधुनिक बैंकिङ सेवाहरुलगायतका आकर्षक नाराहरुमार्फत् उक्त बैंकले ग्राहकलाई आकर्षित बनाउने र ठगी गर्ने कार्य गर्दै आइरहेको एक ग्राहकले गुनासो […]

‘कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिकाबारे बहस

काठमाडौैं, ८ पुष । काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेनेजमेन्ट (कुसुम) र एसीसीएको संयुक्त आयोजनामा ’कर्पोरेट फ्रड’ मा प्रोफेसनल इथिक्स र गभर्नेन्सको भूमिका’ विषयक गोष्टी सम्पन्न भएको छ । शनिबार काठमाडौँको होटल हिमालयमा आयोजित उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सुर्यनाथ उपाध्याय, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडा, बैंक अफ काठमाडौँका प्रमुख कार्यकारी […]

रङ्गेहात पक्राउ परेका बैदेशिक रोजगार विभागका महानिर्देशक बिरूद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडाैं । बैदेशिक रोजगार विभाग काठमाडौंका महानिर्देशक विश्वराज पाण्डे, शाखा अधिकृत कृति वल्लभ पौडेल र नायव सुव्वा खड्गबहादुर के.सी बिरूद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । एक म्यानपावर कम्पनीको कामकाज तथा बैंक खाता सर्वोच्च अदालतले रोक्का फुकुवा गर्न आदेश भइसकेको अवस्थामा शाखा अधिकृत पौडेल र ना. सु. खड्गबहादुर के।सीले सोही प्रयोजनका लागि […]

अहिलेसम्मकै बढी बिगो मागदाबीमा गरेर नयाँ रेकर्ड राखेको अख्तियारको दावी

काठमाडाैं, ३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रममा हालसम्मकै बढी बिगो मागदाबी गरेको छ । दुई दिनअघि राष्ट्रपतिलाई बुझाइएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा अख्तियारले हालसम्मकै बढी मागदाबी लिएको उल्लेख छ । विशेष अदालतमा दायर यी मुद्दामध्ये अधिकांशको फैसला आउन बाँकी छ । गत आर्थिक वर्षमा विशेष अदालतमा मुद्दा […]

जनसेनाका व्यारेकमा भएको भ्रष्टाचारको छानविन सुरू भएपछि माअाेवादी केन्द्रका नेता तनावमा

   २६ कात्तिक,काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जनमुक्ति सेनाको व्यारेकमा भएको भ्रष्टाचार सम्बन्धि मुद्दामाथि छानविन गर्ने भएको छ । चुनावमा मुखमा अख्यिारले अहिलेसम्म थाति रहेको फाइललाई अगाडि बढाउन खोजेपछि चुनाव प्रचारमा रहेका माओवादी केन्द्रका नेताहरु तनावमा परेका छन् । स्रोतका अनुसार नेकपा एमालेका युवा नेता महेश बस्नेतले दिएको लिखित उजुरीका आधारमा अख्तियार छानविनको […]

यातायातका लेखापालले ६१ कराेड भ्रष्टाचार गरेकाे खुलासा, लेखापाल पक्राउ

काठमाडाैं, २४ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौंको रानीबारीबाट उनलाई पक्राउ गरेको हो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका उनले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री […]

राष्ट्रिय गौरवका आयोजनाको खर्च तीन महिनामा छ प्रतिशत मात्र

काठमाडौँ, २७ असोज । राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको बजेटमध्ये तीन महिना सकिनलाग्दा ६.११ प्रतिशत मात्र खर्च भएको छ । व्यवस्थापिका–संसद्को विकास समितिले आज आयोजना गरेको राष्ट्रिय गौरवका आयोजनालगायत मन्त्रालयगत आयोजनाको प्रगतिको अवस्थासम्बन्धी छलफल कार्यक्रममा अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले यस्तो जानकारी दिए । “गत आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको रु ५४ अर्ब […]

कर फर्छ्योट आयोगले यस्ताेसम्म महाअपराध गरेकाे खुलासा

त्रिवेणी डिष्ट्रिलरीले नेपाल सरकारलाई विभिन्न शीर्षकको करबापत ३ अर्ब ३३ करोड १५ लाख रुपैयाँ बुुझाउनुपर्ने थियो । कर फछ्र्योट आयोगले त्यस रक्सी कम्पनीसंग जम्माजम्मी ३ करोड ९९ लाख रुपैयाँमात्रै लिएर बाँकी ३ अर्ब २९ करोड १६ लाख रुपैयाँ मिनाहा गरिदियो । आयोगको निर्णयपछि त्रिवेणीले करिब ९९ प्रतिशत कर छुट पायो । यसभन्दा पनि रोचक पक्ष […]

विश्वविद्यालयमा चोरेर लेक्चरर, रिडर र प्रोफेसर बन्नेहरुकाे रामकहानी (भिडियाेसहित)

२०७० सालमा विश्वविद्यालय अनुदान आयोग (यूजीसी)ले त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका प्रा.डा.केदारनाथ घिमिरेलाई बौद्धिक चोरी गरेको आरोपमा कालोसूचीमा राख्यो । तर, दुई वर्ष नबित्दै उनको नाम कालोसूचीबाट हट्यो । घिमिरेलगायत तीन जनाको टोलीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि यूजीसी रक्षात्मक हुनपुग्यो । यूजीसीसँग बौद्धिक चोरीमा कारबाही गर्ने कार्यविधि थिएन, त्यसमाथि उसले समयावधि नतोकी कारबाही गरेको […]

अख्तियारलाई चाडपर्वको चिन्ता

काठमाडौँ, ९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाडपर्वमा जनतालाई सहज र सरलरुपमा सेवा उपलब्ध गराउन सरकारका सम्बद्ध निकायलाई निर्देशन दिएको छ । आयोगमा आज सरकारका सचिव तथा विभिन्न उपभोक्ता केन्द्रित निकायका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरेर चाडबाडमा कुनैपनि रुपमा असहज हुने अवस्था आउन नदिन निर्देशन दिएको हो । आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले शान्तिसुरक्षाको […]