काठमाडौं महानगरका सुब्बा रंगेहात समातिए

काठमाडौं, ३० असार । काठमाडौं महानगरपालिकाका समाजिक विकास विभागका नायव सुब्बा कृष्ण प्रसाद सोती अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ परेका छन् । सोतीले सेवाग्राहीसग एक लाख ७ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् । महानगरको नगर कार्यपालिका कार्यालय बबरमहलमा कार्यरत नासु सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कायान्वयनमा आएको कार्यक्रमको रकमको कार्य सम्पादन […]

एक लाख ८० हजार घुससहित सिँचाइ कार्यालय भोजपुरका प्रमुख कार्यालयबाटै पक्राउ

भोजपुर,३० असार । असार मसान्तको मैझारो चलिरहेका बेला भोजपुरमा एकजना कार्यालय प्रमुख एक लाख ८० हजार घुससहित समातिएका छन्। जलश्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहनबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उक्त घुससहित सोमबार कार्यालयबाटै पक्राउ गरेको हो । यादवले षडानन्द नगरपालिका १३ बोयास्थित छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल […]

ठूला माछा पनि धमाधम तानिदै, सुर्खेतमा डीएफओ ४ लाख घुससहित गिरफ्तार

सुर्खेत, २७ असार । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पक्राउ गरेको एक दिनमै अख्तियारले जिल्ला वन कार्यालयका प्रमुखलाइ रङ्गेहात पक्राउ गरेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्तबहादुर लामालाई ४ लाख रूपैयाँ घुससहित पक्राउ गरेको हो । डीएफओ लामालाई आयोगले शुक्रबार नियन्त्रणमा लिएको हो । डीएफओ लामाले काठको […]

उपकूलपति नै ८ लाख घुससहित रङ्गेहात पक्राउ

काठमाडौं, २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक उपकूलपतिलाइ ठूलाे रकम घुससहित रङ्गेहात पक्राउ गरेकाे छ । सेवाग्राहीसँग घुस लिएर रङ्गेहात पक्राउ पर्ने उपकुलपति हुन बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार । उनलाइ अख्तियारकाे टाेलीले ८ लाख घुस सहित पक्राउ गरेकाे हाे । प्रतिष्ठानको भवन निर्माणका लागि ठेक्कामा कमिशन वापत […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन नै संशोधन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ, २४ असार । दुई दिनदेखि बसेको मन्त्रिपरिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐन संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले ऐन संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । तर, उनले ऐनका कुन कुन बुँदामा किन संशोधन गर्ने भन्नेबारे केही बताउन चाहेनन् । लामो समयदेखि थाति राखिएको उक्त […]

किनेरै गोल्डमेडल लिने भक्तपुर क्याम्पसका शिक्षक कोइराला र गोप्य शाखाका कर्माचार्य बिरुद्ध मुद्दा

काठमाडौं । घुस लेनदेन गरी परीक्षाको परिणाम फेरबदल गरेको दाबीसहित त्रिभुवन विश्वविद्यालयका ३ जना उपर अख्तियारले आरोप-पत्र दायर गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका कर्मचारी राम बहादुर कर्माचार्यसमेत ३ जना उपर आरोप पत्र दायर भएको हो । त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुको परीक्षाको प्राप्ताङ्क फेरबदल गरी नतिजामा अनियमितता गरेको भन्ने उजुरी परेपछि अनुसन्धान हुँदा […]

ओली सरकार आफ्नै निर्णयको बोझमा पर्दै

काठमाडौँ, २३ असार । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असार २ गते सीमा नाकामा तरकारी तथा फलफूलको विषादी परीक्षणपछि मात्र भित्र्याउने निर्णय गर्‍यो । तर कार्यान्वयनमा आएको तीन साता नबित्दै गत बिहीबार मन्त्रिपरिषद्ले निर्णय फिर्ता लियो । विषादीयुक्त तरकारी र फलफूल परीक्षण रोक्ने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीका लागि आफ्नै पार्टीको संसदीय दलभित्रसमेत भारी परेको छ । शनिबार […]

२ सय घुस महँगो सावित भएपछि चालक र ट्राफिक हवल्दार विशेष अदालतमा

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी हवल्दार पूर्ण आकाशदिप सिंह समेत २ जना उपर शुक्रवार विशेष अदालतमा आरोप-पत्र दायर गरिएको छ । दाङ जिल्ला घोराही उप-महानगरपालिका उखुवारी सडकखण्डमा चेकिङ ड्युउटीमा खटिएका प्रहरी हवल्दार पूर्ण आकाश दिप सिंहले चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालकको साथमा कागजात नभएकाले जरिवानाबापत रसिद काट्न खोज्दा सुनिल न्यौपानेलसँग रू.२०० […]

रोल्पाबाट शर्मा रङ्गेहात समातिइन्

रोल्पा, १९ असार । घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका खरिदार अख्तियारको फन्दामा परेकी छन् । खरिदार निता शर्मा घुस रकम सहित अख्तियारको फन्दामा परेकी हुन् । कार्यालयले खरिद गरेको सामानको भुक्तानी वापत सेवाग्राहीसँग घुस लिए पछी उनलाई अख्तियारले नियन्त्रणमा लिएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा […]

शिक्षाका दुई सव-इन्जिनियर रङ्गेहात समातिए

काठमाडौ, १७ असार । शिक्षाका दुई सव इन्जिनियरहरु अख्तियारको फन्दामा परेका छन् । विद्यालय भवन सम्पन्नताको प्रमाणपत्र दिने कार्यमा घुस लिएपछि अख्तियारको विशेष टोलीले उनीहरुलाई  समातेको हो । समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनबिर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीलाई घुस लिएको आरोपमा मंगलवार अख्तियारले समातेको अख्तियारका प्रवक्ता प्रदीप […]