१५ लाख घुससहित बनेपाका वडाध्यक्ष रङ्गेहात पक्राउ

घुस रकम सहित काभ्रेपलान्चोक जिल्लाका एक वडाध्यक्ष भक्तपुरमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार राति उनलाई मध्यपुर ठिमीबाट पक्राउ गरेको हो ।                                                              […]

अख्तियारको कर्मचारी भन्दै सरकारी कर्मचारीलाई ठग्दै हिड्ने एकजना पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिडेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त आरोपमा मोहन कोइरालालाई पक्राउ गरेको हो । चितवन घर भई नेपालगञ्ज बस्ने कोइरालाले सरकारी कार्यालयका प्रमुखहरुलाई नै अख्तियारको कर्मचारी भन्दै ठग्ने र लाभ लिने गरेको प्रहरीको भनाइ छ । बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ […]

किनेको २ वर्ष नबित्दै गाडी मर्मतमा ६३ लाख खर्च गर्ने प्रदेशसभाका सबै फाइल अख्तियारको छानविनमा

बुटवल, १० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश ५ को प्रदेशसभामा भएको अनियमितताको अनुसन्धान सुरु गरेको छ । गाडी मर्मतका लागि ६० लाख भन्दा बढी खर्च गरेको भेटिएपछि त्यसका बारेमा आयोगमा उजुरी परेको थियो । आयोगले उजुरी आएपछि त्यसको अनुसन्धान थालेको हो । प्रदेश सभा सचिवालयले गाडी मर्मतमा गरेको ६० लाख रुपैयाँ भन्दा बढी […]

सेवानिवृत्त प्रधानाध्यापकसहित तीनमाथि अख्तियारले लगायो मुद्दा

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका एक जना सेवानिवृत्त प्रधानाध्यापक हरिराम भण्डारीसहित तीन जनामाथि सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ । आयोगले विदुर नगरपालिकाको सुलक्षण माविमा कार्यरत तत्कालीन प्रधानाध्यापक भण्डारीले अनुचित सेवासुविधा लिएको कार्यमा निमित्त प्रधानाध्यापक केशवबहादुर बस्नेत र विद्यालय निरीक्षक कुमारप्रसाद तिमिल्सिनाले सहयोग गरेको दाबीसहित सजायको माग गरेको छ । भण्डारीले सुलक्षणा माध्यमिक विद्यालय […]

अदालतकै कर्मचारी डेढ लाख घुससहित अख्तियारको फन्दामा

महोत्तरी । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला अदालत महोत्तरीका एकजना कर्मचारीलाई एक लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ। आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले जिल्ला अदालत महोत्तरीका कर्मचारी मोहनप्रसाद यादवलाई एक लाख ५० हजार रूपैयाँ घुससहित बुधबार पक्राउ गरेको हो । जिल्ला अदालत महोत्तरीका सर्वेक्षक मोहन यादवले घर नापनक्सा अनुसार नभएको भन्दै मुद्दा मिलाइदिने बहानामा […]

जग्गा पास गर्न घुस मागेका मालपोत अधिकृत रङ्गेहात अख्तियारको फन्दामा

पाेखरा, ४ भदाै । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाइ घुस लिइरहेकाे अवस्थामा पक्राउ गरेको हाे । कुँवरले सेवाग्राहीबाट ५९ हजार घुस लगेका थिए । जग्गाकाे रजिष्ट्रेसन पास गर्न उनले उक्त रकम मागेकाे बताइएकाे छ । रजिष्ट्रेशन पास गर्नका लागि मालपाेत कार्यालयमा गएका ती सेवाग्राहीलाइ […]

सरुवा र रमना मिलाएर घुस लिने प्रअ र विव्यस अध्यक्ष यसरी परे अख्तियारको फन्दामा

नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकम सहित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पकाउ गरेको छ । उनीहरुलाई ६५ हजार घुस रकमसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका […]

अख्तियार प्रमुखका नाममा २ पृष्ठ लामो सुसाइड नोट लेख्दै नासुले गरे आत्महत्या

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखका नाममा दुई पानाको ‘सुसाइड नोट’ लेख्दै एक कर्मचारीले आत्महत्या गरेका छन्।  अख्तियार प्रमुखलाइ सुसाइड नाेट लेख्ने एक पूर्व नायब सुब्बा हुन् । उनले सुसाइड नाेटमा अाफू भ्रष्टाचारी नभएकाे दावी गरेका छन् ।यसरी अात्महत्या गर्ने त्रियुगा नगरपालिका १० का ५५ वर्षीय पूर्व नासु हरिप्रसाद आचार्य हुन् । उनले आयोगका […]

पूर्वाञ्चल विश्वविद्यालयका अधिकृत दरवारमार्गको शेर्पा मलमा सात लाख घुस लिँदा लिँदै पक्राउ

काठमाडौँ, २३ साउन । पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत करिव सात लाख घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरीराज कोइरालालाई रंगेहात पक्राउ गरेको हो । कोइरालालाई आयोगको टोलीले दरवारमार्गमा रहेको शेर्पा मलबाट समातेको हो । टोलीले उनको साथबाट ६ लाख ७५ हजार घुस रकम […]

भ्रष्टाचारको छानविन गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

कास्की । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेकाे छ । प्रतिष्ठानमा अनियमितता भएको उजुरीका आधारमा छानविनका लागि अख्तियारले छापा मारेकाे हाे । अायाेगकाे टाेलीले छापा मारेर प्रतिष्ठानका कागजपत्र नियन्त्रणमा लिएको छ । अख्तियार पोखरा शाखाका प्रवक्ता मेघनाथ रिजालले अस्पतालको सामाजिक सेवा इकाई सञ्चालनका विषयमा परेको उजुरीका आधारमा छानविन गर्न अख्तियारको टोली […]