धर्मभक्त माथेमाको नाममा मानव सेवा आश्रम बनाउँदै काठमाडौँ महानगर

माघ १३,काठमाडौं । आज प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन हो । यो दिनको सम्झना गर्दै उहाँले अमरत्व पाएकै ठाउँमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण गरिएको छ । सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल तथा […]

जुम्लामा ४० क्विन्टल जडिबुटीसहित २ जना पक्राउ

जुम्ला, १३ माघ । जुम्लामा संकलन पुर्जी र छुट पुर्जीबिना लैजाँदै गरेको जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ। पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा संकलन पुर्जी नभेटिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, ‘दुवै ट्याक्टरमा ल्याएको जडिबुटी नियन्त्रणमा लिएर डिभिजन वन […]

बैतडीमा बस दुर्घटना, ८ जना घाइते

धनगढी, १३ माघ । बैतडीमा यात्रु बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ स्थित पाटन–पञ्चेश्वर सडकखण्डमा बिहान करिब ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मेलौली नगरपालिका–१ को कमलापति भट्ट, कञ्चनपुरको वेदकोट नगरपालिका बस्ने २१ वर्षीय पुजा भट्ट, मेलौली ९ बस्ने ३९ वर्षीय […]

बालाजु औद्योगिक क्षेत्रभित्र ग्यास बुलेटमा च्यापिएर चालकको मृत्यु

काठमाडौं, १३ माघ । काठमाडौंको बालाजुमा ग्यास बुलेटमा च्याप्दा एकजना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । आज बिहान करिब पौने चार बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएका थिए […]

दार्चुलामा एक जना मृत फेला, हत्याको आशंका

  दार्चुला, ११ माघ । दार्चुलाको ब्यास गाउँपालिका–४ डोकटमा एक जना मृत फेला परेका छन् । स्थानीय ५३ वर्षीय आनसिंह विष्ट माघ ७ गते बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए । डोकट गाउँमा एक जना मृत फेला परेको जानकारी आएपछि सुन्सेरा प्रहरी चौकीबाट घटनास्थलमा […]

कञ्चनपुरमा मसला सम्झेर खानामा ‘विषादी’ हाल्दा एकै परिवारका ५ जना बिरामी

धनगढी, ११ माघ । कञ्चनपुरमा खानामा मुसा मार्ने विषादी हाल्दा एकै परिवारका ५ जना बिरामी भएका छन्। मंगलबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका– ६ मा दालमा मसलाको सट्टा गल्तीले विषादी पर्दा उनीहरु बिरामी परेका हुन्। विषादीयुक्त खाना खाएर ६५ वर्षीया रमादेवी विष्ट, ४५ वर्षीया कलावती, १७ वर्षीया सरिता, १४ वर्षीय शमिर र ८ वर्षीय समिक्षा बिरामी […]

देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो

बुटवल, ११ माघ । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ । एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो । शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा […]

प्रहरीकै मोटरसाइकल लिएर भागेका कैदी पक्राउ

दाङ, ११ माघ । घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीले कार्यालय दाङले पक्राउ परियारका बारेमा जानकारी दिन सोमबार ४ बजे कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको […]

आजदेखि फेरि खोप अभियान सुरू गर्दै टेकु अस्पताल

काठमाडौं, ११ माघ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ। अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताइन्। आज बिहान १० बजेदेखि खोप अभियान […]

बालक हत्या आरोपमा पाँच जना पक्राउ

पर्सा, ११ माघ । जिल्ला प्रहरी कार्यालय पर्साले बालक हत्या आरोपमा पाँचजनालाई पक्राउ गरेको छ । गत पुस २३ गते जगरनाथपुर–६ का १२ वर्षीय मन्टुप्रसाद कुर्मीको घाँटी थिचेर मारिएको अवस्था शव फेला परेको थियो । उक्त घटना संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा गरनाथपुर–६ का ६४ वर्षीय गोवारी […]