भानुचोकबाट पेस्तोलसहित दुई पक्राउ

जनकपुरधाम, ५ माघ । धनुषाको जनकपुरधाम उप महानगरपालिका १ भानुचोकबाट दुईजनालाई पेस्तोलसहित पक्राउ गरेको छ । शनिबार साँझ ६ बजेतिर बा. १४ च. ७४५९ नम्बरको महेन्द्रा टुभ कारले ज. ९ प. ४८०६ नम्बरको मोटरसाइललाई ठक्‍कर दिँदा पक्राउ परेका व्यक्तिको साथबाट पेस्तोल बरामद भएको हो। पक्राउ पर्नेमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया बस्ने ४२ वर्षीय जितेन्द्रकुमार […]

तानसेन बुटवल सडक छोटिँदै

तानसेन, माघ । तानसेन–बुटवलको दूरी ३९ किलोमिटर छ । सार्वजनिक यातायातमा यात्रा गर्दा २ घण्टा समय लाग्छ। अब यो दूरी छोटिने भएको छ। सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डमा घुमाउँरा मोड तथा घुम्ती धेरै हुँदा समय धेरै लागेको हो। सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बन्ने निश्चित भएसँगै राजमार्गको अन्य क्षेत्रमा पनि सडक सुधारको काम सुरु भएको छ। […]

नेपालमै पहिलोपटक १०८ फिट अग्लो स्थापना गरिने

सुर्खेत, ५ माघ । वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ बुद्ध शिक्षा प्रवचन कार्यक्रम शुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै ‘धम्म देशना’ को शुभारम्भ गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुद्ध सरोवर निर्माणले पर्यटन क्षेत्रको विकासमा […]

मकवानपुरमा बसको ठक्कबाट साइकलयात्रीको मृत्यु

मकवानपुर ५ माघ । मकवानपुर को मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । बस […]

आस्था राउतलाई पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी थिइन् । गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन् […]

लागुऔषध सहित सिरहाका स्थानबाट आठ पक्राउ

सिरहा, ३ माघ । सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स ११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित गएराति लहान नगरपालिका– ८ का २२ वर्षीय राकेशकुमार महतो, २० वर्षीय कान्छा महतो, २२ वर्षीय सुमित गुप्ता, […]

दरबारमा बस्नेले टहरामा बस्नेको दुःख कदापि बुझ्न सक्दैन: प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दरबारमा बस्नेले सडक र टहरामा बस्नेको दुःख बुझ्न नसक्ने बताएका छन् । विहीवार भक्तपुरको दरवार क्षेत्रमा आयोजित २२ औं रास्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोहलाई सम्वोधन गर्दै प्रमुख प्रजापतिले भूकम्प पीडितहरूको ब्यथा सरकारले बुझ्न नसकेको आरोप लगाएका हुन् । सरकारका गृहमन्त्री राम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेयर प्रजापतिले […]

को मान्छेले ज्यान लिने धम्की दियो ? कति नम्बरबाट फोन आयो भन्नुपर्छ: प्रवक्ता बाँस्कोटा

काठमाडौं, ३ माघ । पछिल्ला दिनहरुमा नेकपा नेता भीम बहादुर रावललाई बालुवाटारबाट ज्यान लिने धम्की आएको कुरा चर्चामा रहेको छ । यो बीचमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यो कुरा सत्य नभएको बताएका छन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य रावलविरुद्ध आएको भनिएको […]

लगातारको वर्षाले रूरू महोत्सव प्रभावित, लाखौँको क्षति

पाल्पा, ३ माघ । बिहीबारदेखि परेको वर्षाले पाल्पा, गुल्मी र स्याङ्जाको संगम रूरू क्षेत्रमा चलेको महोत्सव प्रभावित बनेको छ । वर्षासँगै रिडी खोला बढेपछि पाल्पा र गुल्मीतर्फ राखेको २० भन्दा बढी स्टलमा क्षति पुगेको छ । केही पसल राख्न नमिल्ने गरी नै बगाएको छ । रिडी खोलाले कतिपय स्टलका सामान पनि बगाएको छ । केही […]

किन दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले ??

धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली नदीमा हामफालेका छन् । घटनामा श्रीमानको उद्धार गरिएको छ भने श्रीमती जमुना रेग्मी (लामिछाने) को मृत्यु भएको छ । साथै दुई नाबालक बेपत्ता भएका छन् । माघे संक्रान्ती मनाउन गोरखाको घ्याल्चोक गएका उनीहरु काठमाडौंस्थित घर फर्कने क्रममा बिहिवार साँझ ६ः३० […]