भानुचोकबाट पेस्तोलसहित दुई पक्राउ

जनकपुरधाम, ५ माघ । धनुषाको जनकपुरधाम उप महानगरपालिका १ भानुचोकबाट दुईजनालाई पेस्तोलसहित पक्राउ गरेको छ । शनिबार साँझ ६ बजेतिर बा. १४ च. ७४५९ नम्बरको महेन्द्रा टुभ कारले ज. ९ प. ४८०६ नम्बरको मोटरसाइललाई ठक्‍कर दिँदा पक्राउ परेका व्यक्तिको साथबाट पेस्तोल बरामद भएको हो।

पक्राउ पर्नेमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया बस्ने ४२ वर्षीय जितेन्द्रकुमार यादव र सोही ठाउँका ३० वर्षीय कुमोद नारायण झा रहेको प्रहरीले जनाएको छ । उनीहरुले कारको डिक्‍कीमा लुकाएर राखेको ठूलो चाइनिज पेस्तोल १ थान, पेस्तोलमा लाग्ने गोली ६ राउण्ड र म्यागाजिन थान १ बरामद भएको प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जनाए ।

कारको ठक्‍करबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिका ५ का २० वर्षीय पारस कुमार यादव र धनुषाको हंसपुर नगरपालिका २ बघचौराका ३० वर्षीय शिवकुमार मण्डल घाइते भएका छन् । कारले मोटरसाइकललाई ठक्‍करपछि गएको प्रहरी टोलीले चेकजाँचको क्रममा पेस्तोल बरामद गरेको हो।

Loading...