बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर शिए फेइ निफको प्रमुख निर्णायक

काठमाडौँ । दुई दुई पटक बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जित्ने चाइनिज फिल्म निर्देसक तथा प्रोफेसर शिए फेइ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धा तर्फ प्रमुख निर्णायकको रुपमा नेपाल आउने भएका छन् । महोत्सव अध्यक्ष केपी पाठकले शिए फेइले निर्णायकको भूमिकासँगै फिल्म लेखन निर्देशनसम्बन्धी मास्टरक्लास पनि दिने तय भएको जानकारी गराएका छन् । मास्टर […]

उदाहरणीय निर्माण ब्यवसायी उद्धव दाहाल

अमेरिकी लेखक एवम् साहित्यकार डेल हर्बिस कार्नेगीले आफ्नो चर्चित पुस्तक ‘हाउ टु विन फ्रेन्ड्स एण्ड इन्फ्लुएन्स पिपल’ मा लेखेका छन्ः मानिस त्यही मात्र सफल हुन्छ, जो समय बुझेर त्यसको सदुपयोग गर्छ । समयले तह लगाउँछ बेईमानीलाई र बदमासलाई पनि ठेगान लगाउँछ । त्यसैगरी एउटा चिनियाँ उखानमा भनिएझैं सफल मानिसको पछाडि अर्को पनि सफल मानिस हुन्छ […]

नैतिकता नभए काङ्ग्रेस नहुने आचार्यको भनाइ, दाजुभाउजू र दिदीहरुले पार्टी बिगारेको जिकिर

झापा, १७ माघ २०८० । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं काभ्रेका बौद्धिक नेता मधु आचार्यले नैतिक पतन भएका व्यक्ति काङ्ग्रेस बन्न नसक्ने बताएका छन्।  सहिद सप्ताहको अन्तिम दिन मंगलबार झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको स्मृतिमा मेचीनगरको बाहुनडाँगीमा आयोजित कार्यक्रममा आचार्यले काङ्ग्रेसलाई सामाजिक मूल्य, मान्यता र नैतिकतामा उभिएको पार्टी बनाउनु पर्नेमा जोड दिए।  “हत्या, हिंसा, बलात्कार, […]

अर्काको नागरिकता प्रयोग गरि बैंक खाता खोलेको अभियोगमा पक्राउ

अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको KYC विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो […]

थुनुवा भगाउन एक करोडको डिल, ६ लाख बुझेर प्रहरीले नै भगाए

काठमाडौं । लागूऔषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोडबाट डिल गरी रु छ लाख २५ हजार रकम बुझेको पाइएको छ । थुनुवालाई भगाएर १६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले रु एक करोड मागेका र कुराकानी गर्दा रु १० लाखमा डिल भएको भए पनि रु छ लाख २५ हजार लिएर थुनुवालाई भगाएको खुलेको हो […]

धरहरामा निःशुल्क पार्किङ सुरु

काठमाडौं । सुन्धारास्थित धरहरामा निःशुल्क पार्किङ सुरू भएको छ। काठमाडौं महानगरपालिकाले धरहरामा आजदेखि सुरू हुनेगरी निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो। काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि विकल्पका रूपमा धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको हो। महानगरले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको थियो। अब धरहरामा पनि पार्किङको व्यवस्था गरिएपछि थप […]

उपत्यकामा यसवर्षकै जाडो, २ डिग्रीमा झर्यो तापक्रम

काठमाडौं, १४ माघ । काठमाडौं उपत्यकाको तापक्रम २ डिग्रीमा झरेको छ । तापक्रम निरन्तर घटेसँगै उपत्यकामा यो वर्षकै बढी जाडो महशुस भएको छ । जल तथा मौसम विज्ञान विभागले आज आइतबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको जनाएको छ । गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ […]

काठमाडौंमा अत्यधिक चिसो, तापक्रम यस वर्षकै न्यून

काठमाडौं, १२ माघ । काठमाडौं उपत्यकामा अत्यधिक चिसो महशुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको जनाएको छ । यो यस वर्षकै न्यून तापक्रम हो । महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यसअघि यही माघ ८ […]

स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो

बाग्लुङ्ग । बाग्लुङ्गको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी (विजय) लाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले कालोमोसो दलेको छ । आइतबार कार्यालय समयमा केसीलाई कालोमोसो दलिएको हो । म्याद गुज्रेको औषधि खुवाएर बडिगाड बासीहरुको जीवनमाथि खेलवाड गरेको भन्दै कारबाही स्वरुप कालोमोसो दलेको उक्त पार्टीका जिल्ला इन्चार्ज अजनवीले बताएका छन् । बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य […]

१५ लाख घुससहित बनेपाका वडाध्यक्ष रङ्गेहात पक्राउ

घुस रकम सहित काभ्रेपलान्चोक जिल्लाका एक वडाध्यक्ष भक्तपुरमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार राति उनलाई मध्यपुर ठिमीबाट पक्राउ गरेको हो ।                                                              […]