हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब पैँतीस अर्ब लगानी

काठमाडौं, २३ माघ । आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, “आगामी पाँच वर्षमा उड्डयन […]

नेपाली सेनाको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा जागिरका लागि विज्ञापन

भक्तपुर, २३ माघ । नेपाली सेनाले खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने माथिल्लो पद अधिकृत क्याडेट सेकेन्ड लेफ्टिनेन्ट मा आवेदन फारम खुलाएको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले बिहीवार एक सूचना जारी गर्दै जागिरका लागि विज्ञापन गरेको हो । खुला र समावेशी समेत गरि १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्ट सेना लाई […]

लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा चल्यो डोजर

बुटवल, २३ माघ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ब्यबसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको बिकाससँगै प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाउन थालेको छ । पटक पटक सूचना प्रकाशित गरेर सटर खाली गर्न ब्यबसायीलाई आग्रह गरेपनि अटेर गरेपछि अस्पतालका सटरमा बिहिवार बिहान डोजर चलेको हो । अस्पतालका ७३ वटा ब्यवसायिक सटरहरू रहेका छन् […]

प्रचण्ड र बेलायती राजदूत निकोलाबीच भेटवार्ता, आर्थिक विकास र शान्ति प्रक्रियाबारे छलफल

काठमाडौं, २३ माघ ।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग […]

राजनीति गर्नु छ भने पार्टी कार्यालय जानुस्, संस्थाभित्र चल्दैन: मन्त्री बाँस्कोटा

काठमाडौं, २२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा आन्दोलनरत कर्मचारीहरुसँग हिसाब किताब गर्ने चेतावनी दिएका छन् । उनले राजनीति गर्ने भए पार्टी कार्यालयमा जान निर्देशन समेत दिए । नेपाल टेलिकमको विनियमावलीको विरोध गर्दै कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । बुधबारको १६ औं वार्षिक उत्सव समारोहमा पनि कर्मचारीहरुले प्रदर्शन गरेका थिए । […]

चीनमा रहेका नेपालीहरुको अवस्थाबारे बोल्यो चीन

काठमाडौं, २२ माघ । चीनले आफ्नो मुलुकमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताएको छ । मंगलबार राजधानीमा केही सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा चिनियाँ राजदूत होउ यान्छीले सो कुरा बताएकी हुन् । राजदूत यान्छीले कोरोना प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताउँदै यदि उनीहरुलाई नेपाल फर्काउने हो भने विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र सम्बन्धित विमानस्थलहरुसँग परामर्श गर्न […]

प्रदेश ५, प्रदेशसभाको दुई वर्ष पूरा, राजधानी र नाम तोक्न सकेन

बुटवल, २२ माघ । प्रदेश ५ को प्रदेशसभा गठन भएको दुई वर्ष पूरा भएको छ । २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो। प्रदेशसभाले दुई वर्ष बितिसक्दासम्म प्रदेशको नाम र राजधानी दिन सकेको छैन। प्रदेशसभाको आफ्नो मुख्य काम स्थायी राजधानी तोक्न र नामाकरण गर्ने भएपनि अहिलेसम्म संसदमा राजधानी र नामाकरणका लागि प्रस्तावसम्म […]

कुखुराको मासु र अन्डा अहिले सम्मकै महँगो

काठमाडौँ, २२ माघ । कुखुराको मासुको भाउ घटेको निहुँमा ह्याचरी व्यवसायीले चल्ला र अन्डा निर्मम रूपमा नष्ट गरेका छन् । डेढ महिनाको बीचमा उनीहरूले ३० लाख चल्ला मारेका छन् । मारिएका ३० लाख चल्लाको मूल्य मात्र करिब १५ करोड हुन आउँछ । त्यस्तै, चल्ला कोरल्न राखिएका ४५ करोड मूल्य बराबरका करिब ३ करोड ५० लाख अन्डासमेत नष्ट गरेका […]

वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन

काठमाडौं, २२ माघ । वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन भएको छ । नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्ये एक र चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको बुधबार निधन भएको हो । नेपाल टेलिभिजनमा धेरै वर्षसम्म शर्माले प्रस्तुत गर्ने गरेको विश्व घट्ना निकै लोकप्रिय कार्यक्रममध्ये एक थियो । केही समययता मुटुसम्बन्धी समस्याले ग्रस्त शर्माको ७२ वर्षको […]

एउटै वडाबाट एक करोडको दूध बिक्री

कास्की, २२ माघ । माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमुना बन्दै गएको छ। व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन्। गाउँपालिकाको वडा नम्बर ३ घाचोक र वडा नम्ब ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ। लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ […]