नेपाली सेनाको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा जागिरका लागि विज्ञापन

भक्तपुर, २३ माघ । नेपाली सेनाले खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने माथिल्लो पद अधिकृत क्याडेट सेकेन्ड लेफ्टिनेन्ट मा आवेदन फारम खुलाएको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले बिहीवार एक सूचना जारी गर्दै जागिरका लागि विज्ञापन गरेको हो ।

खुला र समावेशी समेत गरि १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्ट सेना लाई आवश्यक रहेको सूचनामा भनिएको छ । उक्त पदका लागि न्युनतम योग्यता १२ कक्षा पास वा सो सरहको हुनुपर्ने विज्ञापनमा उल्लेख छ भने उमेरको हद १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ तर स्नातक उतीर्णको हकमा भने २४ वर्षको उमेर हद तोकिएको छ ।

हेर्नुहोस् विज्ञापन