प्रचण्ड र बेलायती राजदूत निकोलाबीच भेटवार्ता, आर्थिक विकास र शान्ति प्रक्रियाबारे छलफल

काठमाडौं, २३ माघ ।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएका थिए । ‘नेपाल र बेलायतबीच सयौं वर्षदेखिको मित्रता रहेको छ । तपाईंको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले आर्थिक नेपालको समृद्धिको अभियानमा बेलायतको सहयोग अपरिहार्य रहेको पनि बताएका थिए । भेटमा बेलायती राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ गरेको स्मरण गर्दै नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने बताएकी थिइन् ।

 

Loading...