वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन

काठमाडौं, २२ माघ । वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन भएको छ । नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्ये एक र चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको बुधबार निधन भएको हो ।

नेपाल टेलिभिजनमा धेरै वर्षसम्म शर्माले प्रस्तुत गर्ने गरेको विश्व घट्ना निकै लोकप्रिय कार्यक्रममध्ये एक थियो । केही समययता मुटुसम्बन्धी समस्याले ग्रस्त शर्माको ७२ वर्षको उमेरमा निधन भएको हो । उनको मनमोहन कार्डियोथेरासिक भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा निधन भएको हो, नेपाल टेलिभिजनका महाप्रबन्धक महेन्द्र बिष्टले जानकारी दिए ।

Loading...