धरहराको निर्माण अवधि ९ महिना थपियो

काठमाडौँ । निर्माणाधिन धरहराको निर्माण अवधि थपिएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७७ असोज २० गते (२०२० अक्टोबर ६ तारिख) भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो। त्यस लगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो । कोभिड १९को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको […]

अफगानिस्तानमा तालिबानीद्धारा ६ प्रहरीको हत्या, १५ जना अपहरित

काबुल । अफगास्तिानको कुन्दुज प्रान्तको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरुले गरेका कारबाहीमा परी कम्तीमा पनि ६ जना प्रहरीको ज्यान गएको बताइएको छ। अफगानिस्तानको कन्दुज प्रान्तको उक्त जिल्लामा रहेको एक प्रहरी चौकीमा भएको बुधबार राति आक्रमणमा गरेर ती प्रहरीको हत्या गरेका बताइएको छ । साथै उनीहरुले सो प्रहरी चौकीमा रहेका अरु […]

स्वास्थ्य संरचनाका ‘कमजोर भएका कारण कोरोनाबाट १० लाख मानिसको ज्यान गएको राष्ट्रसंघका महासचिवको दावी

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले कमजोर स्वास्थ्य संरचना र स्वास्थ्यमा नागरिकको पहुँचको कम भएका कारण कोभिड १९ बाट धेरै मानिसको ज्यान गएको बताएका छन्। । महासचिव गुटर्रेसले भनेका छन्, ‘कोभिड १९ को महाहामारी शुरु भएपछि यसबाट दश लाभन्दा बढी मानिसको ज्यान गएको छ र यतिधेरै नागरिकको ज्यान जानुमा ती देशको कमजोर अवस्था हो।’ […]

पाँच सय सहसचिव र उपसचिवमा विज्ञापन गर्दै लोकसेवा

काठमाडौं, २३ असोज । लोकसेवा आयोगले यही असोजको अन्तिम बुधबार करिब ५ सय संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने भएको छ । आयोगका अनुसार बढुवा, समावेशी, खुला तथा आन्तरिक गरी करिब ५ सय पदमा विज्ञापन खुलाउन तयारी भएको हो । आयोगका प्रवक्ता देवीप्रसाद सुवेदीले असोजको अन्तिम बुधबार सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने निणर्य […]

६६ प्रतिशतलाई लघुवित्तको कर्जा तिर्न समस्या

काठमाडौं, २३ असोज । एक अध्ययनले ६६ प्रतिशत ग्राहकलाई लघुवित्तको कर्जा तिर्न समस्या भएको तथ्यांक सार्वजनिक गरेको छ । सेन्ट्रल फर माइक्रोफाइनान्स नेपाल (सिएमएफ)ले सञ्चालनमा रहेका ८४ वटामध्ये २५ प्रतिशत (२१ वटा संस्था) मा गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सिएमएफका अनुसार २२ प्रतिशतलाई कर्जा तिर्न आंशिक समस्या रहेको र करिब १२ प्रतिशतलाई समस्या नै […]

पत्रकारहरुले गरेको चरणबद्ध आन्दोलन अन्तर्गत पाँच दिने रिले अनशन समापन

असोज १९ , काठमाडौँ । विभिन्न सञ्चारसंस्थाबाट पीडित भएका पत्रकार तथा कर्मचारीले सुरु गरेको रिले अनशन सकिएको छ। कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने गरिएका पत्रकारहरुले चरणबद्ध आन्दोलनको घोषणा गर्दै पहिलो चरणमा पाँच दिने रिले अनसन सुरु गरेको हो । पत्रकार महासंघमहासंघका सचिव […]

कांग्रेस सांसदले प्रदेश ५ को प्रदेशसभामा गरे तोडफोड

बुटवल । दाङको भालुवाङमा स्थायी राजधानी राख्ने प्रस्तावको विरोधमा प्रदेश ५ को प्रदेशसभामा विपक्षी कांग्रेसले तोडफोड गरेको छ। स्थायी राजधानी भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावमाथि छलफल सुरु भएसँगै विपक्षी दलका सांसदहरुले तोडफोड गरेका हुन्। लुम्बिनी नै स्थायी राजधानी हुुनुपर्ने माग राख्दै विपक्षी सांसदहरुले बैठक कक्षमा नाराबाजी गर्दै टेबुल कुर्सी भाँचेका छन्। यसअघि आजै […]

सरकार पुर्णरुपमा असफल, समयमै जागेर एक्सनमा आउन कमल थापाको आग्रह

असोज १९ ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकार पुर्णरुपमा असफल भएको बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमै जागेर एक्सनमा आउन आग्रह समेत गरेका छन् । अध्क्षय थापाले सामाजिक संजालमा टिप्पणी गर्दै सरकार कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, भारतसँग वार्तागरी अतिक्रमित […]

तातोपानी नाका फेरि सञ्चालनमा

काठमाडौँ । लामो समयदेखि बन्द रहेको चीनसँगको ताताेपानी नाका आइतबारदेखि सञ्चालनमा आएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले ट्वीट गरेर तातोपानी नाका आजदेखि खुला भएको जानकारी दिएकी छन्। २०७२ साल वैशाख १२ गतेको भुकम्पबाट क्षति पुगेपछि तातोपानी नाका बन्द रहेको थियो। याङ्छीले नेपाल र चीनको संयुक्त पहलबाट उक्त नाका सञ्चालनमा आएको सुन्दा खुसी लागेको […]

सीमा नाका पारी रोकिएका नेपाली व्यवसायीका सामान चीनले वारीसम्मै ल्याइदियो

रसुवा । चीनसँग जोडिएका तातोपानी र केरुङ नाकाहरु दुबै सूचारु भएका छन् । चिनियाँ पक्षले केरुङ नाका पारी अड्किएका नेपाली व्यवसायीका सामानहरु नेपाली भूमिसम्म पु¥याएर अझै सहजता थपिदिएको छ । चीनले आइतबारदेखि व्यापारीका सामान नेपाली भूमिसम्मै ल्याइदिने गरेको हो । यसअघि चीनबाट सामान लोड भएर आएका कन्टेनरले मितेरीपुलको बीच भागमा सामान झारिदिने गरेको थिए । चीनले […]