घोषित मितिमै निर्वाचन सम्पन्न गराउने काममा सहयाेग गर्न सबैमा राष्ट्रपतिको अपील

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् । साथै राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम भएको उल्लेख भएको गरेका छन् । शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा […]

अब अन्याय हुँदैन भन्ने आशा बोकेर जन्मदिनको दिन जेल फर्कंदैछु : रवि लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल फर्कन लागेको जानकारी गराएका छन् । आज आफ्नो जन्मदिन परेको समेत बताउँदै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुन: कारागार पठाउन लागेको जिकिर गरेका छन् । सामाजिक सञ्जालमा लामो स्टाटससहित एक भिडियो सन्देश जारी गर्दै लामिछानेले यस्तो बताएका हुन् । […]

अनेरास्ववियु अध्यक्षबाट राजीनामा दिएका डा. कडरिया कार्यालय फर्कन खोजेपछि कार्यकर्ताले जलाए नेमप्लेट

काठमाडौँ । संगठन अप्ठ्यारोमा पर्दा राजीनामा दिएर भागेको र अहिले पदमा फर्कन खोजेको भन्दै अनेरास्ववियुका नेता–कार्यकर्ताले अध्यक्ष डा. सुजन कडरियाको नेमप्लेट झिकेर जलाएका छन्। अनेरास्ववियुका नेता–कार्यकर्ताले शनिबार उनको फोटोसमेत तोडफोड गरेका छन्। जेन–जीको प्रदर्शनका चर्कंदै गएपछि असुरक्षा भएको भन्दै उनले भदौ २४ गते राजीनामा दिएका थिए। भदौ २३ गतेको प्रदर्शनमा प्रहरीको गोली लागि २४ जना युवा–विद्यार्थीको […]

संसद् विघटन प्रति माओवादी केन्द्रको गम्भीर असहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मुलुकको वर्तमान परिस्थितिमा संसद् विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति जनाएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी)को बैठकले वर्तमान परिस्थितिको समीक्षा गर्दै मुलुकको संवैधानिक व्यवस्थाविपरीत संसद् विघटन गरिएको ठहर गरेको छ। प्रवक्ता समेत रहेका पार्टीका उपाध्यक्ष अग्नि सापकोटाद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “संसद् […]

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, राष्ट्रपतिले भने– देश बचाउनुस्

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो […]

प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् । आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास […]

राष्ट्रपतिको म्यान्डेट लिएर सल्लाहकारहरू सरोकारवालासँग छलफलमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनबारे सरोकारवालाहरूसँग छलफल गर्ने जिम्मेवारी आफ्ना सल्लाहकारहरूलाई दिएका छन् । पौडेलको म्यान्डेट लिएर उनका सल्लाहकारहरू लक्ष्मी निवासमा रहेको भैरवनाथ गणमा सरोकारवालासँग छलफल गर्न पुगेका छन् । पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापा, परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसे, कानुनी सल्लाहकार बाबुराम कुँवर, प्रेस सल्लाहकार किरण पोखरेल भैरवनाथ गणमा पुगेको राष्ट्रपति […]

९ बजेलाई बोलाइएको वार्ता दिउँसो दुई बजे सर्‍यो, सुदन गुरुङलाई पनि बोलाइयो शीतल निवास

काठमाडौँ । अन्तरिम सरकार गठन गर्न बिहान ९ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको वार्ता दिउँसो दुई बजेका लागि सरेको छ । राष्ट्रपति कार्यालय स्रोतले आन्तरिक तयारीका लागि भन्दै दुई बजेलाई सारिएको जानकारी दियो । अन्तरिम सरकार गठनका लागि बिहीबारदेखि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेलले वार्ता गरिरहेका छन् । अन्तरिम सरकारको […]

अन्तरिम सरकार गठनबारे आज बिहान ९ बजे पुनः छलफल हुँदै, रातभर के भयो ?

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए । सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो । […]

काठमाडौँ उपत्यकामा शुक्रवार पनि कर्फ्यू

nepali sena

काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा र कर्फ्यूको अवधि थप गरेको छ। सोअनुसार शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्यू लागू हुने सेनाले जनाएको छ। यस अवधिमा अत्यावश्यक सेवासँग सम्बन्धित सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ। एम्बुलेन्स, शववाहन, […]