नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, राष्ट्रपतिले भने– देश बचाउनुस्

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् ।

पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई देश बचाउन शुभकामना दिएका छन् ।

शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएसँगै शुभकामना दिँदै राष्ट्रपति पाैडेलले भने, ‘ल सफल हुनुस्, देश बचाउनुस् ।’ जवाफमा कार्कीले थप केही नभनी धन्यवाद भनिन् ।