
गुट–उपगुटले ध्वस्त बनाउन लागेथ्यो नेपाल,
कुशासन र भ्रष्टाचार रोक्न युवाले उठायो सवाल ।
शासनसत्ता चलाउनेहरू सधैं भए बिदेशी बफादार,
बल्ल बन्यो स्वदेशी सरकार देशभक्त र इमानदार ।।
भ्रष्टाचार विरुद्ध हतियारविहीन त्यो युद्ध,
आज अवस्था परिवर्तनमा जन्मिएका छन् बुद्ध ।
युवा हुनु आवश्यक छ र बारम्बारको पुष्टि?
परिवर्तनको लागि युगर्छन् नयाँ सृष्टि ।।
सिंहदरबार, संसद भवन, अदालत जलाए,
राष्ट्रियता र देशभक्तिपूर्ण भावना फलाए ।
विश्व क्रान्तिमा उदायो नेपाल भएर अद्भुत,
परिवर्तनमा स्वीकार्य छैन वैदेशिक दूत ।।
बन्द नगरौँ नयाँ पुस्ताको देशभक्त बोली,
असहज हुन सक्छ जनताको जीवन भोलि ।।
देश बाँडीचुडी गर्नेहरूको षड्यन्त्र गर्नुछ चिरफार,
समृद्ध देशका लागि रोक्ने विरुद्ध गर्नुछ उपचार ।।
समृद्ध देशका लागि स्रोत–साधनको खोजनीति,
तिमीले गरेर बनाउनुछ देशभक्त युवा–नीति ।।
लथालिङ्गमा सचेत रहौँ वैदेशिक हस्तक्षेप विरुद्ध,
एकले अर्कोलाई आक्षेप लगाई नबनाऔँ क्रुद्ध ।।








