काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मुलुकको वर्तमान परिस्थितिमा संसद् विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति जनाएको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय (पदाधिकारी)को बैठकले वर्तमान परिस्थितिको समीक्षा गर्दै मुलुकको संवैधानिक व्यवस्थाविपरीत संसद् विघटन गरिएको ठहर गरेको छ।
प्रवक्ता समेत रहेका पार्टीका उपाध्यक्ष अग्नि सापकोटाद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “संसद् विघटन गर्ने निर्णयप्रति हाम्रो पार्टीको गम्भीर असहमति रहेको छ।”
हेर्नुस् बिज्ञप्ति







