अफगानिस्तानमा तालिबानीद्धारा ६ प्रहरीको हत्या, १५ जना अपहरित

काबुल । अफगास्तिानको कुन्दुज प्रान्तको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरुले गरेका कारबाहीमा परी कम्तीमा पनि ६ जना प्रहरीको ज्यान गएको बताइएको छ।

अफगानिस्तानको कन्दुज प्रान्तको उक्त जिल्लामा रहेको एक प्रहरी चौकीमा भएको बुधबार राति आक्रमणमा गरेर ती प्रहरीको हत्या गरेका बताइएको छ । साथै उनीहरुले सो प्रहरी चौकीमा रहेका अरु कम्तीमा पनि १५ जना प्रहरीलाई अपहरण गरेर लगेका छन्।

उनीहरुले हालैका दिनमा विभिन्न स्थानमा गरेका आक्रमण गरी सुरक्षाकर्मीहरुको ज्यान लिइरहेका छन् । पछिल्ला दिनमा सुरक्षाकर्मीहरु मारिएका यहाँको टोलो न्युजले जानकारी दिएको छ । मंगलबार राति मात्र पनि अफगानिस्तानको जाबुल प्रान्तको एक जिल्लाको प्रहरी चौकीमा तालिबानहरुले हमला गरेर छ जना प्रहरीको हत्या गरेका थिए ।

त्यसैगरी अफगानिस्तानको हेल्माण्ड प्रान्तको ओमार जवाक जिल्लामा भएको कार बम हमलामा परी कम्तीमा पनि चार जना सैनिकको ज्यान लिएका थिए। पछिल्लो समयमा तालिबानीहरुले हेल्माण्ड प्रान्तमा कैयौँ हिंस्रक हमलाहरु गरिरहेका छन् उनीहरुले प्रहरी चौकीमा हमला गर्ने गरेका छन्।

उता कतारको राजधानी दोहामा अफगान सरकार र तालिबानीहरुबीच शान्ति वार्ता हुने बताइरहेका बेला यता उनीहरुले हमला रोकेका छैनन् ।

Loading...