ओली सरकारविरुद्ध कडा प्रतिरोध गर्ने बेला आएको विप्लवको चेतावनी

काठमाडौं । सरकारले आफ्नो पार्टी र नेता कार्यकर्तामाथि व्यापक मात्रामा धरपकड गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले यो क्रम जारी रहे अब कडा प्रतिरोधमा उत्रने चेतावनी दिएका छन् । महासचिव विप्लवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । पछिल्लो समय दाङबाट तीन जना केन्द्रीय सदस्यहरु गिरफ्तार गरिएको […]

भाषण गरिरहेका बेला कालो झण्डासहित नारा लाउनेलाई सुरक्षाकर्मीले केही नगरेपछि प्रम ओली रिसाउँदै दिए समात्न आदेश

बुटवल, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार बुटवलमा कालोझण्डा देखाइएको छ ।  जितगढी विजयी उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कार्यक्रम स्थल प्रवेश गरेर कालोझण्डा देखाएका हुन् । खचाखच भरिएको मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी अर्घाखाँचीका रुद्र घिमिरे ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थल […]

बालुवाटारको जग्गा किनेको पौडेलद्वारा स्वीकार, छानविनबाट हुने निर्णय स्वीकार गर्ने घोषणा

काठमाडौं, ६ वैशाख । बालुवाटारको सरकारी जग्गा गोप्य रुपमा व्यक्तिका नाममा गरी बेचिएको सन्दर्भमा जोडिएका सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासविच बिष्णु पौडेलले आफूले त्यो जग्गा खरिद गरेको स्वीकार गरेका छन् । उनले बालुवाटारको ८ आना जग्गा किनेर आफ्नो छोरा नविन पौडेलको नाममा राखेको पनि स्वीकार गरेका छन् । उनले खरिद गरेको […]

विप्लवका दुई केन्द्रीय सदस्य गिरफ्तार

काठमाडौं, ६ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना केन्द्रीय सदस्य गिरफ्तार भएका छन् । सो पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली आदर्श र चन्द्रबहादुर खड्का असललाई प्रहरीले दाङबाट गिरफ्तार गरेको हो । रोल्पा घर भएका ओली सो पार्टीका न्याय विभाग प्रमुख समेत हुन । त्यस्तै सल्यान घर भएका खड्का पार्टीमा प्रभावशाली […]

भाषण गरिरहेका नेतामाथि मञ्चमै हानियो थप्पड

काठमाडौं । भारतीय लोकसभाको चुनावको क्रममा नेताहरुमाथि आक्रमण गर्ने क्रम बढेको छ । यसैक्रममा शुक्रबार गुजरातमा भारतीय कांग्रेसका युवा नेता हार्दिक पटेलमाथि मञ्चमै आक्रमण भएको छ । गुजारतको सुरेन्द्र नगरमा भएको चुनावी ¥यालीपछि आयोजित सभामा पटेलमाथि आक्रमण भएको हो । सभालाई सम्बोधन गरिरहेका पटेललाई एक व्यक्तिले मञ्चमै पुगेर गालामा झापड हानेका हुन् । पटेल त्यतिबेला […]

बन्दमा देशका अधिकांश ठाउँमा बम भेटेर सुरक्षाकर्मी हैरान, नेपाली सेनाका नायकको औला नै चुडियो

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेकाे बन्दका क्रममा सडकमा राखिएकाे वम डिस्पाेज गर्ने क्रममा नेपाली सेनाका एक जवान घाइते भएका छन् ।  प्रदेश राजधानी पोखरा ३ नदिपुरस्थित प्रदेशसभा भवन नजिक भेटिएको बम डिस्पोज गर्ने क्रममा सैनिक घाइते भएका हुन् । उनकाे हातकाे औला नै गएकाे बताइएकाे छ । नेपाली सेनाले […]

नेकपाका मकवानपुर जिल्ला इन्चार्ज भिमफेदी कारागार चलान

काठमाडौं, ३ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर इन्चार्जलाई कारागार चलान गरिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मकवानपुर जिल्ला इन्चार्ज रहेका वीरबहादुर घलान ‘ज्वाला’लाई सोमवार मकवानपुरको भिमफेदीमा रहेको कारागार चलान गरिएको हो । सोमवार जिल्ला अदालत मकवानपुरले उनलाई १८ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश ध्रुवकुमार पियाको एकल इजलासले उनीसँग […]

पत्रकार कुँवरलाई प्रहरीले दिनभर सुन्धाराको होटेलमा थुनेर दियो मानसिक यातना

काठमाडौं, ३ बैशाख । प्रहरीले जुम्लाका चर्चित पत्रकार तथा लेखक राजबहादुर कुँवरलाई दिनभर नियन्त्रणमा लिएर मानसिक यातना दिएको छ । सोमवार दिउसो १२ बजेतिर गाउँबाट आएका विरामीलाई भेटन सुन्धारा पुगेका पत्रकार कुँवरलाई प्रहरीले फोन नियन्त्रणमा लिइ एक होटेलको कोठामा लिएर दिनभर थुनेर राखेको थियो । पत्रकार कुँवरले आफूले पत्रकारको परिचय पत्र देखाउँदा देखाउँदै पनि जवरजस्त […]

विप्लवका जुम्ला इन्चार्ज सुन्धाराबाट पक्राउ

काठमाडौं, ३ बैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जुम्ला जिल्ला इन्चार्ज चन्द्रविर तिरुवा ‘रविकिरण’लाई प्रहरीले पक्राउ गरेको छ । उपचारको लागि काठमाडौं आएका उनलाई सोमवार दिउसो सुन्धाराको एक होटेलबाट पक्राउ गरेको हो । रविकिरणसँगै जुम्लाकै वीर कठायतसहित ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा उपचारकै लागि जुम्लाबाट काठमाडौं आएका सुर्य कठायत […]

बालुवाटारको सरकारी जग्गा बेच्न सम्लग्न मालपोतका कर्मचारी र भूमाफियाको समूह फरार

काठमाडौं, ३ बैशाख । बालुवाटारको सरकारी जग्गा निजीकरण गरेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन्। ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन्। सरकारले ५४ वर्षअघि मुआब्जा दिएर […]