राष्ट्रपति पार्टी राजनीतिमा सक्रिय, मन्त्री हेरफेरदेखि जबसका सम्मेलनसम्म हस्तक्षेप

काठमाडौं ।नेपालको संविधानले राष्ट्रपतिलाई एक आलंकारिक भूमिकाको परिकल्पना गर्छ । तर, यो त देखाउने कुरा मात्र हो । संविधान, ऐन, कानुनमा लेखिएका कुरा अरुलाई आलोचना गर्न, कमजोरलाई तह लगाउनका लागि मात्र हो । ठूला, बडा, बलियाका हकमा संविधान कहिल्यै लागु हुँदैन । न त राजतन्त्रकालीन समयमा लागु भएको थियो, न त आज लोकतान्त्रिक गणतन्त्रमा । […]

जेलमा कैदीहरुबीच झडप, १८ काे मृत्युु

एजेन्सी । होन्डुरसमा कैदीहरूको दुई समूहबीच भएको झडपमा १८ जनाको मृत्यु भएको छ । जेल भित्रै कैदीबन्दीबीच झडप भएको थियो । घटनामा कम्तीमा १६ जना अन्य घाइते भएका छन् । घाइतेहरूलाई तेला सहरस्थित विभिन्न अस्पतालमा उपचार भैरहेको सरकारी अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार शुक्रबार साँझ बन्दगाह सहर तेलामा भडप भएको थियो । झडपमा १७ […]

सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने

काठमाडौँ  ।  प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने भएको छ । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते एक बजे बस्ने दलहरुबीच सहमति बनेको छ । बीचमा क्रिसमस पर्ने र सभामुख चयन प्रक्रिया सुरु गर्न निर्वाचन समिति बनाउनु पर्ने भएकाले ११ गतेसम्म बैठक सारिएकाे हाे। त्यही बैठकबाट सभामुख […]

गृह मन्त्रालयबाट चार महिनामै १०० भन्दा बढी विदेश भ्रमण स्वीकृत

काठमाडौं ।  देशको शान्ति सुरक्षा हेर्ने गृह मन्त्रालयले यस आर्थिक वर्षको पहिलो चार महिनामा आफ्ना १०३ कर्मचारीहरूको विदेश भ्रमण स्वीकृत गरेको छ। गृह मन्त्रालयका अनुसार यो आर्थिक वर्षको सुरु श्रावण १ गतेदेखि कार्तिक मसान्तसम्म गृहमन्त्रीका सुरक्षाविज्ञदेखि मन्त्रालय एवम् जिल्ला तहका उच्च र कनिष्ठ अधिकृतले भ्रमणको अनुमति पाएको उसको अभिलेखमा देखिन्छ। गत आर्थिक वर्ष कुल १०६ […]

संसदीय दलको बैठकअघि ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता

काठमाडौँ ४ मंसिर। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसदमा प्रस्तुत गर्ने एजेण्डाका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान भएको उक्त भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए । झण्डै आधा घण्टा भएको तीन नेताबीचको भेटवार्तामा संसदको हिउँदे अधिवेसनबारे कुराकानी […]

कांग्रेस बैठक पुस १० गते, उपस्थित होलान् त नेता पौडेल ?

काठमाडौ, ४ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि निर्धारित बैठक यही पुस ९ गतेसम्मका लागि स्थगन गरिएको छ । पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्था, अन्य साङ्गठनिक विषयमा आन्तरिक सहमति गरी अर्को बैठक पुस १० गते बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उक्त विषयमा पार्टी सभापति शेरबहादुर देउवा […]

आजबाट संसद्को हिउँदे अधिवेशन, सभामुख चयनदेखि महत्वपूर्ण विधेयकका कार्यभार

काठमाडौँ, ४ पुस । विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसद्को हिउँदे अधिवेशन आज शुक्रबार देखि सुरू हुँदै छ । सभामुखको रिक्तताका कारण अधिवेशन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा को पाँचौ अधिवेशन यही पुस ४ गते शुक्रबार अपरान्ह ४ बजे प्रारम्भ […]

नेकपा संसदीय दलको बैठक बस्दै

काठमाडौं ४ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक बोलाएको छ । शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गर्न दलको बैठक बोलाइएको हो । अपराह्न २ बजे संसद् भवनमै हुने दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीको सहभागिता भने निश्चित भएको […]

गृह मन्त्री नै फेर्न सक्ने यतीको शक्ति कति ?

काठमाडौं, ४ पुस । गोकर्णको २७ सय ९३ रोपनी जग्गा यती समूहलाई दिन गत वर्ष कात्तिकमा नेपाल ट्रस्टमा प्रस्ताव आएको थियो, तर ट्रस्टका तत्कालीन अध्यक्ष गृहमन्त्री रामबहादुर थापा बादलसहित बहुमतले निर्णय गर्न मानेन, लगत्तै गृहमन्त्री पदेन अध्यक्ष हुने कानुन संशोधन गरेर रक्षामन्त्रीलाई बोर्डमा ल्याइयो र यती समूहको स्वार्थसिद्ध गरिएको खबर पुष्प ढुंगानाले नयाँ पत्रिकामा लेखेका […]

आलमलाई पक्रिनु कांग्रेस र लोकतन्त्रमाथिकै योजनाबद्ध आक्रमण

काठमाडौं, ३ मंसिर। रौतहट बमकाण्डबारे कांग्रेस बोलेको छ  । सभापति शेरबहादुर देउवाले १२ वर्ष पूरानो मुद्दामा आफ्ना नेता तथा सांसद मोहम्मद अफ्ताव आलमलाई पक्रिनु कांग्रेस र लोकतन्त्रमाथिकै योजनाबद्ध आक्रमण भएको बताएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन भक्तपुरको बोडेमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै देउवाले भने, ‘सरकारले सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरी लगाएर पक्राउ गरी […]