जनकपुर ३ मंसिर । राजपा नेपालका पूर्व संयोजक महन्थ ठाकुरले अब पनि संविधान संशोधन नगरे मधेश अलग देश हुनसक्ने चेतावनी दिएका छन् । शुक्रवार जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा नेता ठाकुरले मधेशको हक अधिकारका लागि राज्यले बेवास्ता गर्दै आएकाले सरकारलाई सचेत र गम्भिर हुन आग्रह पनि गरे । ‘मधेशी, थारु, आदिवासी जनजातिका अधिकार […]
राजनीति
महराको पुनरावेदन रिटमाथि उच्च अदालतमा सुनुवाई हुँदै के थुनामुक्त होलान्?
काठमाडौ, ३ पुस । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा दिएको पुनरावेदनको आज सुनुवाइ हुँदैछ । जर्वजस्ती बलात्कार प्रयास आरोपमा आफूलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौँको निर्णयविरूद्ध महराले पुनरावेदन गरेका थिए उच्च अदालत पाटनका मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदन निवेदनमा बिहीबार सुनुवाइ गर्न लागेका हुन् । महराले आफूलाई […]
नयाँ मालिकहरू झन धुर्त छन् खाँचो छ त नयाँ स्पार्टाकसको, बाबुरामको कटाक्ष-दास र मालिकको सम्बन्ध
काठमाडौं, ३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र विपक्षी राष्ट्रिय जनता पार्टी राजपा बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमतिलाई लिएर अहिले विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ । पूर्व प्रधानमन्त्री तथा सत्ता साझेदार समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले दास नेकपा र राजपाबीचको सहमतिलाई मालिकबीचको सम्बन्धसँग तुलना गर्दै कटाक्ष गरेका छन् । राष्ट्रियसभाको प्रदेश–२ […]
माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक तालिकासहित
काठमाडौं, २ पुस । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कांग्रेसका सातसहित १९ सांसदको कार्यकाल फागुनमा सकिंदैछ । पदावधि सकिन लागेका सांसदमा नेकपाका आठ, राजपाका दुई, समाजवादीका […]
स्थगित कांग्रेस केन्द्रीय समितिको बैठकआजदेखि पुन शुरु, पौडेल समुहलाई पेलेरै मिति तोक्ने तयारी
काठमाडौं २ पुस। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल समुहलाई पेलेरै जाने तयारी गरेको छ । महाधिबेशनको कार्यतालिका बैठकको एजेण्डा बनाउँदा पनि पौडेल पक्ष केन्द्रीय समितिमा नआएपछि धमाधम बहुमतका आधारमा निर्णय लिने तयारी गरिएको छ । स्थगित कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि पुन शुरु हुँदैछ । पौडेल पक्षलाई ल्याउन दुई दिन बैठक […]
‘पार्टी कमजोर भएका बेला सामानान्तर बनाउनु कांग्रेसभित्र घात हो’ देउवा पक्ष भन्छ–पार्टी फुटाएर गए भैगो नि!
काठमाडौं, १ मंसिर। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्रको दुई समुहको विवाद उत्कर्षमा पुगेको छ । महाधिबेशनको कार्यतालिकालाई लिएर उत्पन्न विवाद भात्रृ संगठनको भागबन्डासम्म पुगेको छ । सभापति शेरबहादुर देउवा समुहलाई अप्ठेरो पार्न वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले भात्रृ संगठनमा भागबन्डा खोजेको कांग्रेस नेताहरुले बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले तरुण दल वा नेपाल बिद्यार्थी […]
केही सञ्चारमाध्यमले तथ्यलाई स्वीकार गर्न नसक्दा जनतामा भ्रम सिर्जना भइरहेको छ: सञ्चारमन्त्री
काठमाडौँ, १ पुस । अङ्ग्रेजी भाषाका माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय क्षेत्रमा जोड्दै आएको ‘द राइजिङ नेपाल’ आजदेखि ५५ वर्षमा प्रवेश गरेको छ । विसं २०२२ पुस १ गतेदेखि अङ्ग्रेजी भाषाको अखबारका रुपमा यसको प्रकाशन शुरु भएको थियो । गोरखापत्र संस्थानद्वारा प्रकाशित सो अखबारको संस्थापक सम्पादकका रुपमा वरुणशम्शेर राणा थिए । ‘द राइजिङ नेपाल’ ५४ वर्ष पूरा […]
विद्या भट्टराईले लिइन् सांसदको सपथ
काठमाडौँ, १ पुस। गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले सांसद पदको सपथ लिएकी छिन् । सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मपद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन भएपनि यतिखेर सभामुख नभएकाले भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराइएको हो । संविधानको धारा ९१ […]
पछिल्लो पटक दिन प्रतिदिन सडक दुर्घटनामा भएका मानवीय क्षतिले निद्रा परेको छैन: प्रधानमन्त्री ओली
काठमाण्डौ, १ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाएर सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाइ तत्काल लागू गर्न निर्देशन दिएका छन । पछिल्लो समय सडक दुर्घटनाका खबर आउन थालेपछि त्यसको न्यूनीकरणका उपाय खोज्न प्रधानमन्त्री ओलीले सडक पूर्वाधार तथा गृह मन्त्रालयका पदाधिकारीहरुलाई सोमबार बोलाएका हुन । […]
प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको शपथ आज
काठमाडौं, १ पुस । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ । १४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई […]









