सल्टिएन प्रतिपक्षी दलको कलह स् फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्य समितिको बैठक

काठमाडौं, ९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पुस १० गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । वैठक पुस ११ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ । विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि पुुस १० गतेका लागि बोलाइएको बैठक पुस ११ गतेसम्मका लागि […]

प्रधानमन्त्रीलाई उपेन्द्र यादवको राजीनामा पत्र

काठमाडौं, ८ पुस । सरकारबाट बाहिरिन निर्णय गरेको केही समयमै उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाएका छन् । मन्त्री यादवले आफैं उपस्थित नभएर ‘प्रतिनिधि’मार्फत प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएका हुन् । समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । उपप्रधानमन्त्री यादवले […]

ओलीसँग असमझदारी पैदा भएसँगै समाजवादी पार्टीको सरकार छाड्ने निर्णय: अध्यक्ष यादव

काठमाडौं, ८ पुस । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । संविधान संशोधनका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असमझदारी पैदा भएसँगै सरकारबाट बाहिरिने निर्णयमा पगिएको समाजवादी स्रोतले जनाएको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र […]

सीमा अतिक्रमणका बिरुद्ध एकजुट हुन दलहरुलाई आग्रह

काठमाडौं, ८ पुस । भारतले नेपालको सीमा अतिक्रमण गरेको विरुद्ध एकताबद्ध हुन विभिन्न राजनीतिक दलका नेताहरुले अपिल गरेका छन् । राष्ट्रिय जागरण मञ्चले काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा सत्ता पक्ष, प्रतिपक्ष लगायतका दलका नेताहरुले आफ्ना मतभेद र सिद्धान्तहरुलाई एक ठाउँमा राखेर राष्ट्रियताको बिषयमा एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले भारतीय अतिक्रमणका विरुद्ध साझा धारणा बन्न […]

विप्लव समुहका २१ जना नेताहरु पूर्पक्षका लागि कारागार चलान

दाङ, ८ पुस । दुई महिना पहिले दाङको राजपुर गाउँपालिका ४ मुंग्रठा खोलाबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समुहका २१ जना नेताहरु पूर्पक्षका लागि कारागार चलान भएका छन् ।दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस रितेन्द्र थापाको इजलासले २१ जना बिप्लव समुहका नेताहरुलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर नेताहरुलाई फेरी […]

सुगौली सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्छ,  

काठमाडौं ७ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको अतिक्रमणमा परेको नेपाली भूभाग फिर्ता गराउने सवालमा अडान लिन नसकेको भन्दै सरकारको आलोचना गरेको छ । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले सुगौली सन्धिले निर्धारण गरेको सिमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका साथ राख्न नसकेकोमा आलोचना गरेका हुन्। […]

राष्ट्रियसभामा नीति अनुसन्धान प्रतिष्ठान विधेयक पेश

काठमाडौं, ७ पुस। राष्ट्रियसभाको आजको बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक सभासमक्ष पेश गरेका हुन् । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरे । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक, २०७६’ र ‘राजश्व […]

हड्पिएका सरकारी जग्गा फिर्ता गर्ने काम सुरु: मन्त्री अर्याल

काठमाडौँ, ७ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद र शक्तिको दुरुपयोग गरी हडपिएका सरकारी जग्गा फिर्ता लिने प्रक्रिया सुरु भइसकेको बताएकि छन् । सर्लाहीको बरहथवामा व्यक्तिको नाममा दर्ता गरिएको १९ बिघा सरकारी जग्गा गत साता मन्त्री अर्याल स्वयं सर्लाही पुगी दर्ता बदर गराएकि थिईन भने अस्ति शनिबार चितवनमा व्यक्तिले हडपेको […]

नेकपा अध्यक्षको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित, पुस २३ मा केन्द्रीय कमिटी वैठक

काठमाडौँ, ६ पुस । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्तावलाई पारित गरेको छ । साउन २१ गतेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। महासचिव विष्णु पौडेलले विधान संशोधनका लागि गरेको प्रस्ताव स्थायी कमिटीको आइतबारको बैठकले पारित गरेपछि अब केन्द्रीय कमिटीमा यो एजेन्डाबारे थप छलफल हुनेछ। नेकपाले पुस […]

सरकारी र सार्वजनिक जग्गा पहिचान गर्नुस्, सरकारी किल्ला ठोक्न म आफै आउँछु: मन्त्री अर्याल

चितवन – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरेर संरक्षण गर्न आग्रह गरेकि छन । चितवनको रत्‍ननगर नगरपालिकाले शनिबार रत्‍ननगरमा आयोजना गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सजग गराएकि हुन । सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण तथा दोहनको गुनासो आइरहेका बेला सरकारले जग्गा […]