जर्मन छोरालाइ पाँच विघा जमिन र बंगलादेशी छोरीलाइ यतिसम्म पदको दुरुपयोग

काठमाडौं, ५ चैत । गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाले आफू परराष्ट्रमन्त्री रहेका बेला विदेशी नागरिक छोरीलाई पदीय दुरुपयोग गरी गैरआवासीय नेपाली ९ल्च्ल्० को परिचय उपलब्ध गराएको प्रमाण फेला परेको छ । सुजाताद्वारा जर्मन नागरिकता भएकी र बंगलादेशी नागरिक रुबेल चौधरीसँग वैवाहिक सम्बन्धमा रहेकी छोरी मेलानी रोशा जोस्टलाई परराष्ट्र मन्त्रालयको तर्फबाट गैरआवासीय नेपालीको परिचयपत्र उपलब्ध गराइएको […]

गणेश र अग्निबीच संसदमा रिक्त महासचिव बनाउनेबारे चर्काचर्की

काठमाडौं, ५ चैत । पार्टी मिल्यो, नाम, झण्डा र संसद्मा बस्ने लहरसम्म मिलेको छ । तर मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरवारमै देखियो । कुरा संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्ने मात्रै हो । महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि अवकासमा गए । त्यसपछि लफडा चल्यो, नयाँ महासचिव सिफारिस र कार्यवाहकका बारेमा । […]

भूमिसँग जोडिएका सबै समस्या समाधान गर्न सरकार गम्भीर छ: पद्‌मा अर्याल

काठमाडौं, ४ चैत । राष्ट्रियसभाको मंगलबारको बैठकमा भूमिसँग जोडिएर सदनमा सांसदहरुले उठाएका प्रश्‍नहरुको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्‌मा अर्यालले भूमि सम्बन्धि सम्पूर्ण समस्याको एकिकृत ढंगले समाधान गर्ने गरी सरकारले काम गरिरहेको स्पष्ट पारेकी छन् । उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या उठाइ रहनुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिवद्धता जनाए। उनले सुकुम्बासी, […]

प्रदेश २ को नाम टुंगो लगाउन प्रदेशसभामा मतदान

जनकपुर, ४ चैत । प्रदेश २ को नाम टुंगो लगाउन प्रदेशसभामा मतदान प्रक्रिया सुरु भएको छ । प्रदेशसभाको तेस्रो अधिवेशनअन्तर्गत मंगलबार बसेको ५७ औं बैठकबाट नामकरण प्रक्रियालाई मतदानमार्फत टुंग्याउन लागिएको हो । प्रदेशको नामकरणका लागि चार प्रस्ताव दर्ता भएकामा पहिलो प्रस्ताव ‘जानकी’ का लागि मतदान सुरु भएको हो । मतदान प्रक्रिया सम्पन्न गर्न प्रदेशसभा सचिवालयका […]

द्वन्द्वको बेला बेपत्ता पारिएकाको सूची सार्वजनिक: हेर्नुस बेपत्ता हुनेहरु

भक्तपुर ४ फागुन । १० वर्षे सशस्त्र द्वन्द्वको बेलामा बेपत्ता पारिएका व्‍यक्तिको छानविन गर्न गठित आयोगले बेपत्ताहरुको सूची सार्वजनिक गरेको छ । सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक भएको हो । बेपत्ता छानविन आयोगले २ हजार ५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ। उजुरीको आधारमा बेपत्ताहरुको सूची सार्वजनिक गरिएको […]

कोरोनाको संक्रमणको आशंकामा भरतपुरमा भर्ना भएका चारै जनाको रिर्पोटमा नेगेटिभ

चितवन, ४ फागुन । भरतपुर अस्पतालमा कोरोनाको संक्रमण भएको आशंकामा भर्ना भएका चारै जनामा संक्रमण नदेखिएको बताइएको छ । पछिल्लो पटक भारत भ्रमण गरेर आएकी एक जना महिलामा बिरामी भएपछि भरतपुर अस्पतालले नमुना परीक्षण गर्दा आएको रिर्पोटमा नेगेटिभ देखिएको बताइएको छ । अस्पतालले यसअघि पनि तीनजना व्यक्तिको नमुना परीक्षणका लागि काठमाडौं पठाएको थियो । उनीहरुमा […]

संकटको बेलामा ग्यास लुकाउनेको लाइसेन्स खारेज गरिने

काठमाडौं, ३ चैत। खपतको तुलनामा बढी ग्यास आयात भइरहेको बताएको सरकारले बजार हस्तक्षेप गर्ने चेतावनी दिएको छ । ५० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भइरहे पनि उपभोक्ताले ग्यास नपाएपछि सरकार बजार हस्तक्षेप गर्नेतर्फ ध्यान दिएको हो । सोमबार सिहंदरबारस्थित मन्त्रालयमा सरोकारवालालाई बोलाएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ग्यास वितरणमा सहजता […]

सार्क नेताबीच डेढ घन्टा छलफल: कोरोना भाइरसविरुद्धको लडाईं मिलेर लडौं

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का राष्ट्र र सरकार प्रमुखहरूले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंमा एकतावद्ध हुने साझा प्रतिवद्धता जनाएका छन् ।आइतबार कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुबीच भएको भिडियो कन्फरेन्समा उनीहरुले कोरोना भाइरसविरुद्धको लडाईंमा सार्क राष्ट्रका मुलुकहरु एक ठाउँमा उभिनुपर्ने बताएका हुन् । विश्व महामारीका रूपमा फैलिएको कोभिड- १९ […]

२६ सह–सचिवको सरुवा, १० जिल्लाका सीडीओ फेरिए (सुची सहित)

काठमाडौं । गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ । सरुवा गरिएका मध्ये १० जना प्रमुख जिल्ला अधिकारी छन् । सरुवा अनुसार जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रदीपराज कँडेल, मकवानपुरका नारायणप्रसाद भट्ट, कास्कीका रमेशकुमार केसी र बाराका फडिन्द्रमणि पोखरेल सरुवा गरिएका छन् । तनहुँका रुद्रप्रसाद पण्डित, सिराहाका गोपालकुमार अधिकारी र ध्रुवबहादुर खड्कालाई कामु प्रमुख जिल्ला […]

सुरु भयो सार्क भिडियो कन्फरेन्स, सिंहदरबार पुगे प्रधानमन्त्री ओली

काठमाडौँ, २ चैत । कोरोना भाइरसको विश्वब्यापी संक्रमणबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न आयोजना हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्कको भिडियो कन्फेरेन्समा भाग लिन प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन्। सार्कका सबै सदस्यहरु सहभागी हुने यो कन्फरेन्समा भाग लिन ओली आईपुगेका हुन्। सार्क सदस्यहरु एकजुट हुनुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावपछि आइतबार साँझ […]