करोडौं कमिसन खाएर निगमले गर्यो निजी जग्गा खरिद

काठमाडौं, १६ साउन । नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तिका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको छ। सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो। २०७३ मंसिर २७ गतेदेखि निजी जग्गा खरिद गर्न टेन्डर गरेको निगमले […]

भूकम्पमा १ खर्ब दिने भनेको भारतले एक रुपैयाँ पनि आएन

काठमाडौं, १६ साउन । भूकम्पपछिको नेपालको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन। २५ अर्ब अनुदान र ७५ अर्ब रुपैयाँ सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो।  पुनर्निर्माणमा विभिन्न मुलुकले वाचा गरेको १३ अर्ब त सरकारले सम्झौता नै गर्न सकेको छैन। साउदी अरबले तीन अर्ब रुपैयाँ दिने […]

अब वसन्तपुर दरवार क्षेेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने

काठमाडाैं, १६ साउन । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा म्युजिक भिडियो वा चलचित्र सुटिङ गर्दा कर तिर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिका नगर परिषदले पारित गरेको आर्थिक ऐन २०७४ ले वुन्तपुर क्षेत्रमा सुटिङ गर्दा कर तिर्नुपर्ने व्यवस्था गरेको हो। यसअघि महानगरपालिकासँग स्वीकृति लिएर कर नतिरी सुटिङ गर्न पाइन्थ्यो। ऐनअनुसार दरबार क्षेत्रमा नेपाली चलचित्र सुटिङका […]

उत्तरका सबै नाका खोल्न र नेपालतर्फको सडक समेत निर्माण गर्न चीन तयार

काठमाडाैं, १६ साउन । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ। साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जनाए । ओलीले आइतबार पार्टीको […]

कांग्रेस गुटै गुटको घर । देउवाको समूहबाट दुर्इजना मात्रै मन्त्री

काठमाडाैं, १६ साउन । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र कमजोर बन्दै गएका छन्। देउवा कति कमजोर छन् भन्ने कुरा मन्त्रिपरिषद विस्तारमा उनको दयनीय अवस्थाले पुष्टि गरेको छ। दयनीयपनकै कारण ५० दिनपछि मन्त्रिपरिषद्को विस्तार गर्दै देउवाले आफ्नो समुहका मात्रै २ जनालाई यसपटक मन्त्रिपरिषदमा समेट्न सके। कांग्रेसमा पछिल्लो समय महारोगको रुपमा पनिपएको गुट र उपगुटले आफ्नो चाहना […]

अवैध सम्बन्ध राखेको भन्दै सन्तोलियालाई आफ्नै बाबु र दाईले हत्या गरेको खुलासा

महोत्तरी, १५ साउन । गत साउन १० गते गौशाला नगरपालिका–८ स्थित सागरनाथ जंगलमा किरा लागेर दुर्गन्धित भई बेवारिसे अवस्थामा मृत फेला परेकी एक २२ वर्षीया महिलाको पहिचान खुलेको छ । बीच जंगलको खोल्सीमा मृतावस्थामा फेला परेको सो महिला गौशाला नगरपालिका–२ की विक्रम महतोकी श्रीमती सन्तोलियाकुमारी महतो रहेको प्रहरीले जनाएको छ । गत साउन ७ गते […]

भरतपुर १९ मा फेरि मतदान गराउन सर्वाेच्चकाे अादेश

काठमाडौं, १५ साउन । सर्वाेच्च अदालतले चितवनको भरतपुर महानगरपालिका यसअघि स्थगित गरिएकाे मतगणनाका सम्बन्धमा फैसला सुनाएकाे छ । लामाे समयकाे बहसपश्चात सर्वाेच्चले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गराउन सर्वाेेच्चले अादेश गरेकाे छ । भरतपुर १९ मा गणनाका क्रममा मतपत्र च्यातिएका कारण मतगणना प्रक्रिया अवरुद्ध भएकाे थियाे । साेही मुद्दालार्इ किनारा लगाउन अाइतबार […]

चीनसँग झडपका दृष्य बढ्नै लाग्दा भारतका अधिकांश क्षेप्यास्त्र परिक्षण असफल

काठमाडौँ, १५ साउन । भारतले आफैले निर्माण गरेका अधिकांश क्षेप्यास्त्र परीक्षण विफल भएका छन् । हालै सार्वजनिक गरिएको एउटा प्रतिवेदनले भारतमै निर्मित जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रहरु परीक्षणमा विफल भएकाे देखाएकाे हाे । भारत सरकारले तयार पारेकाे उक्त आधिकारिक प्रतिवेदनमा ३० प्रतिशत परीक्षण विफल भएको भनिए पनि अधिकांश क्षेप्यास्त्रहरुले काम नगरेको बताइएको छ । क्षेप्यास्त्रहरु […]

नेविसंघको विवाद चरमचुलीमा । त्रिविमा ४ छुट्टाछुट्टै समानान्तर समिति

काठमाडा‌ैं, १५ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद फेरि चरम चुलीमा पुगेको छ । नेविसंघमा यसअघि दुईवटा मात्र गुट बाहिर देखिने गरेको भए पनि पछिल्लो समय भने धेरै गुट देखा परेका छन् । यतिसम्म कि त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघका ४ वटा समानान्तर कमिटि गठन भएका छन् । कांग्रेस सभापति […]

फेवातालको दबदबे लेदोमा जीप खस्यो । १ को मृत्यु ५ घाइते

पोखरा , १५ साउन । पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी […]