काठमाडौँ, ९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाडपर्वमा जनतालाई सहज र सरलरुपमा सेवा उपलब्ध गराउन सरकारका सम्बद्ध निकायलाई निर्देशन दिएको छ । आयोगमा आज सरकारका सचिव तथा विभिन्न उपभोक्ता केन्द्रित निकायका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरेर चाडबाडमा कुनैपनि रुपमा असहज हुने अवस्था आउन नदिन निर्देशन दिएको हो । आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले शान्तिसुरक्षाको […]
मुख्य समाचार
एक दसकभित्रै नेपालमा साम्यवाद आउने प्रचण्डको दावी
कोहलपुर, ९ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एक दसकभित्रै नेपालमा साम्यवाद स्थापित हुने दावी गरेका छन् । बाँकेको कोहलपुरमा आयोजित माओवादी एक कार्यक्रममा बोल्दै प्रचण्डले अब १० वर्षभित्रै नेपालमा साम्यवाद स्थापना हुने बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनआन्दोलनले उठान गरेका धेरै मुद्दाहरु स्थापित भइसकेको र केही दशकभित्रै नेपालमा साम्यवाद स्थापित […]
अझै मेलम्चीको सुरुङ खन्न १६०० मिटर बाँकी
काठमाडौँ, ९ असोज । यसपालीको दसैमा मेलम्चीको पानी काठमाडौंमा पुर्याउने प्रचार व्यापक रुपमा गरिए पनि त्यो पूरा भएन । राजधानीवासीलाई मेलम्चीको खानेपानी उपलब्ध गराउने कुरा त परै छ, दसैसम्म सुरुङ खन्ने कार्य नै पूरा नहुने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले पनि १ हजार ६ सय मिटर सुरुङ अझै खन्न बाँकी छ । […]
हवाई इन्धनको मौज्दात सकिने अवस्थामा । थप आयात गर्न समस्या
काठमाडौँ, ९ असोज । भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न नसक्दा समस्या उत्पन्न भएको छ । नियमितरुपमा हवाई इन्धन आपूर्ति नभएपछि निगममा हवाई इन्धनको मौज्दात एकदमै कम हुन पुगेको छ । निगमकाअनुसार हाल १६ प्रतिशत अर्थात एक हजार ७७३ किलोलिटर मात्रै हवाई […]
बाढीमा परेर ‘मयूरे’ केटाको मृत्यु
चितवन, ८ असोज । सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा संरक्षित दुर्लभ एकसिङ्गे गैँडाको बच्चा (केटो) मरेको छ । बाढीका कारण रोग लागेर मयूरे नामको गैँडाको केटो मरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिए । गत साउन २८ गतेको बाढीमा डुबेपछि रोग लागेर मयूरे मरेको उनले बताए । […]
सरकारको नीतिप्रति पत्रकार महासंघले जनायो आपत्ती
काठमाडौँ, ८ असोज । नेपाल पत्रकार महासङ्घले एफएम रेडियोको प्रसारण इजाजत, नवीकरण, समन्वय, अनुगमनलगायतका विषयलाई व्यवस्थित गर्न भनी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहबाट जारी हुने एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७४ को ‘नमूना कार्यविधि’ मन्त्रालयको वेबसाइटमा प्रकाशन गरेकामा आपत्ति जनाएको छ । महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै सरकारले […]
अमेरिकाले उत्तर कोरिया नजिकै पुर्यायो अत्याधुनिक बमबर्षक विमान
एजेन्सी । अमेरिकाको बमबर्षक विमानले उत्तर कोरिया नजिकै उडान भरेको बताइएको छ । पेन्टागनले सो कुराको दाबी गरेको हो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनकी प्रवक्ता डाना ह्वाइटले उक्त उडान ‘राष्ट्रपतिसँग कुनै पनि खतरासँग जुट्नका लागि थुप्रै विकल्प रहेको’ भनी दर्साउनका लागि गरिएको बताएकी छिन् । केही समय यता उत्तर कोरिया र अमेरिकाबिच वाकयुद्ध निकै तिखो […]
पेरिडाँडामा पल्टियो जीप , दुई प्रहरीको घटनास्थलमै मृत्यु
बागलुङ । बरेङ गाउँपालिका–२ पेरिडाँडामा आज अपराह्न भएको जिप दुर्घटनामा परी दुई प्रहरीको घटनास्थलमै ज्यान गएको छ । सदरमुकाम बागलुङ बजारबाट बाटाकाचौरतर्फ जाँदै गरेको ग १ ज १३४ नम्बरको जिप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–३ घर भएका प्रहरी हबल्दार खिमबहादुर विष्ट र सोही जिल्ला हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीषको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको […]
व्यापारीहरुको निसानामा निरिह बने मन्त्री : च्यातियो झण्डा फुटाइयो सिसा
कैलाली । अापूर्ति राज्यमन्त्री कर्णबहादुर बिक टिकापुरका व्यापारीहरुको निसानामा परेका छन् । ब्यापारीहरुले उनको झण्डावाला गाडी तोडफोडसमेत गरेका छन् । टिकापुर पुगेका मन्त्री बिकले आयल स्टोर लगायत बजारका केहि पसल अनुगमन गरेका थिए । दशैंको मुखमा अनुगमन गरि ब्यापार बिगारेको भन्दै ब्यापारीरु आक्रोसित भएका थिए । ब्यापारीहरुले राज्यमन्त्री चढेको गाडीको झण्डा च्यात्तुको साथै गाडीका सीसासमेत […]
जुवाखालबाट बैंकका सिइओ र पार्टीका नेताहरुसँगै पक्राउ । प्रहरीले राख्यो गुपचुप
विराटनगर, ७ असाेज । विराटनगरकाे एक जुवाखालबाट बिभिन्न उच्च अाेहाेदाका व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीर्इअाे), राजनैतिक दलका केही नेताहरु, कर्मचारी र ठूला व्यापारी समेत रहेकाे बताइएकाे छ । तर, प्रहरीले भने याे घटनालार्इ गुपचुपमै राखेकाे छ । साथै पक्राउ परेकाे व्यक्तिहरुका बारेमा केही सूचना दिन मानेकाे छैन । […]