काठमाडौं, १२ साउन । नेपालको मौसमबारे विस्तृत अध्ययन गर्न पहिलो पटक रुसमा निर्मित एउटा जहाज बिहीबार काठमाडौं आएको छ। ७० हजार फिट उचाइसम्म उडान गर्नसक्ने यो जहाज काठमाडौंमा करिब एक महिना बस्ने छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान साढे ६ बजे अवतरण गरेको ‘एम–५५ जिओफिजिका’ नामको यो जहाज जर्मनीबाट आएको हो। यो जहाजको ‘ग्राउन्ड ह्यान्डलिङ’ […]
मुख्य समाचार
रअको डिजाइनमा बाबुरामलाई भित्राउँने तयारीमा प्रचण्ड
काठमाडौं । यतिबेला नेकपा माओवादीले यसअघिका निर्णयहरुबाट युटर्न गर्दै नयाँ मागहरु उठाएको छ । साथै संसदीय राजनीतिलाई स्वीकार गर्ने विवादास्पद निर्णय समेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरी नयाँ एजेण्डाको लागि संघर्ष समेत गर्न तयार रहेको घोषणा गरेका छन् । अध्यक्ष प्रचण्डले यसरी मागै नै राखेर आन्दोलनमा […]
कुलेखानी–हुमाने सडकमा करोडौ भ्रष्टाचार
हेटौडा । गरिब नेपाली जनताले सडक पूर्वाधार विकासको उपभोग गर्न पाउन् भनेर विश्व बैंकको अनुदान सहयोगमा स्तरोन्नती गरिएको कुलेखानी–हुमानेभन्ज्याङ सडकमा अनियमितता र भ्रष्टाचार भएको फेला परेकोछ । सडक पिच गरी तयार गरेको हप्ता दिनभित्रैमा सडकमा सयौं खाल्डा पर्ने, पहिरो जाने हुनथालेपछि सडकमा अनियमितता र भ्रष्टाचारको रहस्य खुलेको हो । डिभिजन सडक कार्यालय मकवानपुरका एक इन्जिनियरले […]
नेताको टुङ्गो नलगाइ साझा पार्टी र विवेकशील नेपालीबीच एकता
काठमाडौं, ११ साउन । चर्चित पत्रकार रविन्द्र मिश्रको नेतृत्वमा रहेको साझा पार्टी र उज्वल थापाको नेतृत्वमा रहेको विवेकशील नेपाली पार्टीबीच एकता भएको छ । एकताका लागि सबै कुरा सकेर दुबै पार्टीका प्रमुख नेताले एउटै कलरको पोशाक लगाएर खिचेको संयुक्त फोटो समेत सार्वजनिक गरेका छन् । दुर्इ पार्टीको एकता घोषणा अाजै साउन ११ गते बुधबार गरिने […]
अमेरिकी प्रतिनिधि सभामा ट्रम्पका पक्षमा जम्मा ३ मत
काठमाडौं, ११ साउन । रुस र अमेरिकाबीचको विवाद झन् जटिल बन्दै गएको छ । रुसमाथि प्रतिवन्ध लगाउने विषयमा अमेरिकी काँग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा भएको मतदानमा प्रस्तावका पक्षमा ठूलो बहुमत देखिएपछि दुर्इ देशको सम्बन्धमा झनै समस्या आउने देखिएको हो । अमेरिकी प्रतिनिधिसभामा भएको मतदानमा रुसमाथि प्रतिबन्ध लगाउनुपर्ने पक्षमा ४१९ मत खसेको छ भने प्रतिबन्ध […]
विकास वजेटमा भ्रष्टाचार गर्नेहरुमाथि कारवाही गर्ने नेकपाको निर्णय
सल्यान, ११ साउन । नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा जनताको विकास निर्माणमा आएका योजनाहरुमा भ्रष्टाचार गर्नेलाई कार्वाही गर्ने घोषणा गरेको छ । पश्चिमी क्षेत्रमा रहेको तत्कालिन स्वीकोट गाविसमा मंगलबार भएको पार्टीको भेलाले आर्थिक अनियमितता गर्ने, थोरै तथा गुणस्तरहिन काम गरि किर्ते कागज बनाई भ्रष्टाचार भएको भन्दै कारवाही गर्ने निर्णय गरेको हो । भेलाले जन भेटघाट भेला […]
माओवादी केन्द्र स्थानीय चुनावबाट हारेको जुवाडे जस्तै : बास्तोला
काठमाडौँ, १० साउन । नेपाल कम्युनस्टि पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु हारेको जुवाडेझैं सिथिल भएको बताएका छन् । उनले सिथिल अनुहारसहित पेरिसडाँडामा चुनावी समीक्षा गर्न जम्मा भएको तर निर्मम भनिएको समीक्षा गर्न नसकेको बताएका छन् । नेता बास्तोलाले १० बर्षको महान जनयुद्धले संसदीय व्यवस्थालाई अर्धमृत अवस्थामा पु¥याएको तर प्रचण्डले त्यसलाई पुनर्जीवीत […]
विश्वकप छनोट हुने नेपालको सपना सपनामै सीमित । अफगानस्तानसँग ९६ रनले पराजित
काठमाडौं, १० साउन । विश्वकप छनौट अन्तर्गत आज मंगलबार भएको खेलमा नेपाल अफगानस्तानसँग पराजित भएको छ । अफगानस्तानको यु १९ टोलीले नेपाललाई ९६ रनले पराजित गरेपछि नेपालको विश्वकपमा छनौट हुने सपनामा ब्रेक लागेको छ । सिंगापुरमा भएको छनौट चरणको अन्तिम खेलमा पराजित भएपछि नेपालको यात्रा टुंगिएको छ भने विजेता अफगानिस्तानी टोली अर्को वर्ष न्यूजिल्याण्डमा हुने […]
श्रृङखलाबद्ध अपहरण गरेर मानिस बन्धक बनाउने ५ जना पक्राउ
जनकपुर, १० साउन । युवकलाई अपहरण गरेको अभियोगमा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् । धनुषा बिदेह नगरपालिका—८ बफैका २४ वर्षीय कमलेश्वर दासलाई अपहरण गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिदेह नगरपालिका—७ चक्करका ५५ वर्षीया शोभादेवी दास, २५ वर्षीय रामसुफल दास, तारापट्टी–१ का २२ वर्षीय निकेश यादव, महोत्तरी भ्रमपुरा–३ का १८ […]
सुटुक्क भारत लगिदै गरेका २५ चेलीलार्इ बर्दियाकाे सीमा नाकाबाट उद्धार
गुलरिया, १० साउन । भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो । बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ, बर्दियाका प्रमुख […]