काठमाडौँ, ३१ असार । धितोपत्र बजारमा यस साता चार अर्ब २० करोड ३४ लाख ५२ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार कुल १६८ कम्पनीको एक करोड १४ लाख ३८ हजार ३९० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५९ दशमलव ४३ प्रतिशत बढी हो । गत साता […]
मुख्य समाचार
११ एअाइजीसहित थुप्रै डिअाइजी र डिएसपी बनाउँदै गृहमन्त्री जनार्दन
काठमाडौँ, ३१ असार । नेपाल प्रहरीमा एकैसाथ ११ जना एअाइजी हुने भएका छन् । गृहमन्त्रालयले प्रहरीका विभिन्न पदमा बढुवाका लागि तयारी समेत गरिरहेकाे छ । स्राेतका अनुसार अाइतबारसम्म गृहले बढुवाका लागि सबै नामावली किनारा लगाउनेछ । प्रहरीमा एआइजी र डीआइजी पदमा रिक्त रहेका ठाउँमा बढुवाको प्रक्रिया अगाडि बढाइएकाे गृहमन्त्रालयले जनाएकाे छ । स्राेतका अनुसार बढुवा […]
साउन १२ गते अब मादल प्रतियोगिता हुँदै
पोखरा, ३१ असार । नेपाली लोकगीतकर्मी कल्याण शेरचनको ७१ औँ जन्मजयन्तीका अवसरमा आगामी साउन १२ गते राष्ट्रिय खुला मादल वादन प्रतियोगिता आयोजना गरिने भएको छ । स्व शेरचनको स्मृतिमा लोकसंस्कृति र लोकबाजाको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक संस्थान र कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सो प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार यहाँ आयोजित पत्रकार […]
याैन धन्दामा सम्लग्न हाेटल सञ्चालकसहित तीन पक्राउ
दाेलखा, ३१ असार । दोलखा सदरमुकाम स्थित चरिकोटको एक होटलमा विगत ६ महिनादेखि लगातार यौन धन्दा चलाएको भन्दै प्रहरीले होटल सञ्चालक सहित ३ जनालाई पक्राउ गरेको छ । दोलखाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीका अनुसार चरिकोट स्थित बसपार्कमा ‘तहल्का’ नामको होटल सञ्चालन गरेर बसेकी तामाकोशी गाउँपालिका-३ जफे स्थायी घर भएकी तारा काफ्लेले विगत ६ महिनादेखी […]
पाँचै आयुक्तलार्इ करोडका गाडी किन्न टेन्डर आह्वान
काठमाडौं, ३१ असार । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित पाँचैजना आयुक्तका लागि महँगो गाडी खरिद गर्न निर्वाचन आयोगले टेन्डर आह्वान गरेको छ। तत्काल नयाँ गाडी आवश्यक नभएको र प्रक्रिया नपुर्याई महँगो गाडी खरिद गर्न नहुने अडान राखेका सचिव गोपीनाथ मैनालीलाई आयोगबाट सरुवा गरेपछि टेन्डर आह्वान गरिएको छ। प्रमुख निर्वाचन आयुक्त यादवसहित आयुक्तहरूको दबाबमा सचिव मैनालीलाई […]
चीनमा ७५ हजार र जापानमा ७४ हजार विस्थापित
एजेन्सी । भीषण वर्षापछि आएको बाढीपहिरोमा परी चीनमा ७५ हजार जना र जापानमा ७४ हजार जना विस्थापित भएका छन् । उत्तरी चीनको जिलिन प्रदेश अन्तर्गत पर्ने योङजी जिल्लामा बाढी पहिरोका कारण ७५ सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् भने ७५ हजार बासिन्दा विस्थापित भएका छन् । मुसलधारे वर्षा गत बिहीबार बिहान ९ बजेतिर सुरु भएको […]
तीन घन्टा पैदल हिडेर स्कूल पुग्छन बालबालिका
काठमाडाैं, ३० असार । कक्षा १ मा पढ्ने सोनाम तामाङ दिनहुँ हिँडेर विद्यालय पुग्छन् । ६ वर्षीय सोनामलाई गोकर्णेश्वर महादेव मन्दिरबाट स्कुल पुग्न डेढ घण्टा लाग्छ । फर्किन त्यति नै समय लाग्छ । दिनमा तीन घण्टा हिँडेर सुन्ताखानको भीमदेव आधारभूत स्कुल पुग्छन् उनी । उनका दुई दिदी पनि हिँडेरै स्कुल जान्छन् । ८ वर्षीया दिदी […]
विमान दुर्घटनाको छानबिन औपचारिकता मात्रै सीमित
काठमाडाैं, ३० असार । सामान्यतया नेपालमा जहाज दुर्घटनापछि गठन हुने छानबिन आयोगका प्रतिवेदन औपचारिक कार्यक्रम आयोजना गरी सार्वजनिक गर्ने परम्परा छ । त्यसक्रममा मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका वायुसेवा कम्पनी तथा सरोकारवाला निकायलाई आमन्त्रण गरिन्छ । आयोगले अध्ययनका क्रममा तयार पारेको प्रतिवेदनमाथि व्यापक छलफल भई विभिन्न सुझाब कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरिन्छ । तर, […]
बाहिरी चक्रपथ निर्माणको काम सहरी मन्त्रालयले नै रोक्यो
काठमाडौं, ३० असार । राष्ट्रिय महत्ववको आयोजनाका रूपमा रहेको बाहिरी चक्रपथ निर्माणमा अवरोध उत्पन्न भएको छ । ६ अर्ब रुपैयाँ लागतमा निर्माण हुने भनिएको बाहिरी चक्रपथको चोभार-सतुंगल ६ किमि खण्डको निर्माण प्रक्रिया अगाडि बढाउने काम सहरी विकास मन्त्रालयमै गएर अड्किएको छ । चक्रपथ निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भई राजपत्रमा सूचनासमेत प्रकाशन भइसकेको आयोजनाको […]
भत्ता काटिएपछि राजधानीमा ट्राफिक जाम बढ्यो
काठमाडौं, ३० असार । गल्ती गर्नेलाई ठाउँको ठाउँ चिट काटेर थमाउने ट्राफिक प्रहरीमा अचेल खासै जाँगर देखिँदैन । सवारीसाधन ब्यवस्थापनमा खटिएका उनीहरु चालकका सानातिना गल्तीलाई बेवास्ता गर्न थालेका छन् । गल्ती गर्नेलाई चिट काटिहाले पनि तिनको अनुहार पहिलेजस्तो हँसिलो हुँदैन । केही साता अघिसम्म लेन मिच्नेलाई तत्कालै राकेर जरिवानाको चिट काट्ने ट्राफिकलाई अचेल लेन मिच्नु […]