विरामी श्रीमती कुर्न बसेका श्रीमानले घाँटी थिचेर श्रीमती मारेको आरोप

पोखरा । पोखराको एक अस्पतालमा श्रीमतीलाई कुर्न बसेका श्रीमानले घाँटी थिचेर विरामीको हत्या गरेको भेटिएको छ । पोखरा चाउथेका रामबहादुर कार्कीले आफ्नै श्रीमती शुशिला कार्कीलाई घाँटी थिचेर मारेको उनका आफन्तले आरोप लगाएका हुन् ।

घरायसी झगडाका कारण गत पौष १२ गते पोखरा १४ चाउथेकी शुशीला कार्की पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भईन् । उनलाई उनकै श्रीमान् रामबहादुर कार्कीले अस्पताल ल्याएका थिए । एक छिमेकीका अनुसार पौष ११ गते राती रुदै शुशिला उनको घरमा गईन् । श्रीमानले बारम्बार कुट्ने गरेको, थर्काउने गरेको उनले छिमेकीलाई बताएकी थिइन । त्यसैगरी उनले आफू मरेमा आफ्ना सन्तानलाई हेरिदिन आग्रह समेत छिमेकीलाई गरेकी थिईन् ।

अस्पतालले उनलाई प्यारालाईसिस भनेर केही समय भर्ना गरेर राख्यो । करिब २० दिन अस्पताल बसेपछि शुशिला हल्का हिड्न सक्ने समेत भईन् । उनलाई थेरापीको लागि स्पर्श आयुर्वेद अस्पतालमा लगियो । शुशिलाकी आमा बाटुली पहारीले आफूले छोरीलाई खाना खुवाएर घर पुग्दा ज्वाईले छोरी मरेको खबर दिएको बताईन् । गत बिहीबार त्यस्तो अवस्थामा छोडेर आएकी छोरी कसरी एक्कासी मरिन् भन्ने आफूलाई आशंका लागेको उनले बताइन । साथै आमा बाटुलीले ज्वाई रामबहादुरले अर्की बिहे गर्न आफ्नै श्रीमतीलाई घाँटी थिचेर मारेको समेत आरोप लगाईन् ।

शुशिलाको पार्थिव शरिर पोष्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । गाउँलेहरुले रिपोर्ट नआई लास नलाने अडान लिएका छन् । गाउँका महिलाहरुले अस्पताल घेर्दै आएका छन् ।

श्रीमान रामबहादुरको धेरै महिलाहरुसँग सम्बन्ध रहेको उनका छिमेकीहरु बताउँछन् । साथै उनले अर्को बिहेको लागि आफ्नी श्रीमती मारेको आरोप पनि अस्पताल घेर्ने महिलाहरुले लगाएका छन् ।

हेर्नुहोस भिडियोमा पीडितहरुले भनेका कुरा

Loading...