एमसीसीविरुद्ध सर्वाेच्च अदालतमा रिट

फागुन ९, काठमाडौँ।   प्रतिनिधिसभामा आइतबार पेश भएको एमसीसीविरुद्ध सर्वाेच्च अदालतमा रिट दिइएको छ । सोमबार आज वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वाेच्चमा रिट दायर निवेदन दिएका हुन् । सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार  रिट अध्ययनकै क्रममा रहेको र यसबारे भोलि निर्णय हुने भएको छ  । एमसीसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेको अधिवक्ता भण्डारीको भनाइ छ । […]

स्थानीय तहको निर्वाचनका लागि १० वटा दल निर्वाचन आयोगमा दर्ता

फागुन ९, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि हालसम्म १० वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।  आयोगमा दर्ता भएका जम्मा १०९ वटा विभिन्न दलमध्ये आइतबारसम्ममा १० वटा दलले मात्रै स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि दर्ता भएका हुन् । राजनीतिक दलहरुलाई आयोगले फागुन ५ गते ११ दिनको समय सिमा तोकेर दल दर्ताको लागि […]

सदनमा नारावाजी र सडक रणमैदान हुँदा पनि जवरजस्त एमसीसी सदनमा टेबुल

काठमाडौं । सदनभित्र अवरोध र सडकमा जारी विरोधबीच एमसिसी अनुमोदनका लागि संसद्मा टेबुल भएको छ । प्रमुख प्रतिपक्षी एमालेको नियमित नाराबाजी र सत्ता सहयात्री दलकै केही वरिष्ठ नेतासहितका सांसदको विरोधको बेवास्ता गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार प्रस्ताव पेस गरेका हुन् । कार्यव्यवस्था परामर्श समितिमा लम्बिएको छलफलका कारण १ बजे बोलाइएको संसद् बैठक पौने २ बजे मात्रै […]

एमसीसीको विपक्षमा उभिने दाहालको अडान

फागुन ८,काठमाडौँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने आदान राख्नु  भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी पेस गरेको भन्दै अध्यक्ष दाहालले माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पार्नु भयो  । बानेस्वर क्षेत्रमा एमसीसीको विरोधमा उत्रिएका प्रदशनकारी माथि भएको प्रहरी दमनको विरोध गर्दै दाहालले सामाजिक सञ्जाल ट्वीटरमा प्रहरी […]

पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने ओलीको चेतावनी

काठमाडौं, ७ फागुन । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत बताए । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको […]

एकीकृत समाजवादीले एमसीसी सम्झौतालाई संसद्‍मा टेबल गर्न दिने

काठमाडौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको जानकारी दिएकी हुन् । यद्यपि, यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी […]

फिलिपिन्सविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा दुई परिवर्तन

काठमाडौ, ७ फागुन । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ। तीव्र गतिका बलर कमलसिंह ऐरी र अलराउण्डर विवेक यादवलाई यस खेलमा विश्राम दिइएको हो। उनीहरुका स्थानमा ​अलराउण्डर कुशल मल्ल र तीव्र गतीका […]

एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं, ७ फागुन । एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा ११ बजेपछि बस्ने बैठकमा एमसीसीबारे छलफल गरेर निर्णय गर्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । ‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसीे नै हो । यो भन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव तुलाधरले भने, ‘एमसीसीसँग जोडिएका […]

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं, ७ फागुन । आज ७२औं प्रजातन्त्र दिवस ।सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । भक्तपुरमा जिल्ला प्रशासन कार्यालयकै नेतृत्वमा दिवसका अवसरमा आज शुक्रबारदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गरिएको छ भने देशैभर स्वेच्छिक रुपमा पनि कार्यक्रम आयोजना गरिएका छन् । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष […]

काडमाडौंमा भेटिएका दुइटा ‘होक्स बम’ निष्क्रिय

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा भेटिएका बमजस्तो दुइटा शंकास्पद वस्तु​ निष्क्रिय पारिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकर नेपाली सेनाको टोलीले केही बेरअघि डिस्पोज (निष्क्रिय) गरेकाे हाे। ‘दुइटै होक्स बम (नक्कली बम) रहेछन्’, उनले भने। जेब्रा झोला र चामलको बोरामा भेटिएका प्रेसर कुकर डिस्पोज […]