शुक्रवार चन्द्रग्रहण लाग्ने समाचार भ्रमपूर्ण – पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विभिन्न सञ्चार माध्यममा प्रकाशित आज चन्द्रग्रहण लाग्ने खबरलाई भ्रमपूर्ण भएको जनाएको छ । समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमहरुबाट आज चन्द्रग्रहण भनी खबर प्रकाशित हुनुले सर्वसाधरणमा भ्रम र अन्योलको अवस्था श्रृजना भएको भन्दै यसप्रति समितिको ध्यान आकृष्ट भएको जनाएको छ । आजको चन्द्र ग्रहण नेपालबाट नदेखिने भएकाले […]

अदालतबाट दोषी ठहर हजारौँ व्यक्ति फरार, १४ अर्ब जरिवाना उठ्न बाँकी

काठमाडौं, २४ पुस । सर्वोच्च अदालतको अन्तिम फैसलाबाट दोषी ठहरिएर पनि वर्षौंदेखि फरार रहेका व्यक्तिहरूलाई सरकारी सेवा लिनबाट वञ्चित गरिने अधिकारीहरूले बताएका छन् । उनीहरूको कैद सजाय भुक्तान र जरिबाना तिराउने उद्देश्यले फैसला कार्यान्वयन निर्देशनालयले सरकारी निकायहरूमा पत्राचार सुरु गरेको छ। निर्देशनालयका अनुसार फरार दोषीहरूबाट १४ अर्ब पाँच करोडभन्दा बढी रुपैयाँ जरिबाना उठ्न बाँकी छ। […]

खाडीमा ११ लाख नेपाली जोखिममा, विमान चार्टर्ड गरेर उद्धार गर्ने तयारी

इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष सरकारले निकालेको छ । मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको जहाज तयारी अवस्थामा राख्ने निर्णय परराष्ट्र मन्त्रालयमा बिहीबार […]

आजदेखि श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं, २५ पुस। नेपाली समाजमा आजदेखि घरघरमा परम्परागत श्रीस्वस्थानी व्रत शुरु भएको छ । निष्ठा र भक्तिपूर्वक श्री स्वस्थानीको व्रत गरेमा दुःखकष्ट नाश भई परिवारमा सुखसमृद्धि आरोग्य र सुसन्तान प्राप्त हुने विश्वास छ । हरेक वर्षको पौष शुक्लपूर्णिमादेखि शुरु गरेर माघ शुक्ल पूर्णिमासम्मको अवधिमा श्रीस्वस्थानी माताको व्रत बस्ने गरिन्छ । पौष शुक्लपूर्णिमाका दिन नुहाइधुवाई गरी […]

युद्धको सन्निकट आएर अन्ततः यसरी रोकियो इरान अमेरिकाको लडाई

काठमाडौं । अमेरिका र इरान दुबै तनावबाट पछि हट्दा संभाव्य मध्यपूर्वको युद्ध तत्कालका लागि टरेको छ । अमेरिका र इरानबीचको तिखा टिप्पणी र आक्रमण–प्रत्याक्रमणको एक चक्र पूरा भएजस्तो देखिएको छ । अमेरिकाले इरानी शक्तिशाली जनरल कासिम सुलेमानीको इराकी राजधानी बग्दादमा हत्या गरेसँगै मध्यपूर्वमा युद्धको त्रास छाएको थियो । इरानले अमेरिकाविरुद्ध कठोर बदला लिने धम्की दिएको […]

लाख ऋण दिएर करोडको तमसुक बनाउने ठग्ने खुंखार साहुकार प्रहरी फन्दामा

काठमाडौँ, २४ पुस  । लाख ऋण दिएर करोडको तमसुक बनाउने र जग्गा बन्धकी मात्रै होइन, रजिस्ट्रेसन नै पास गरेर १५ सय व्यक्तिलाई ठग्ने खुंखार साहुकार रामबाबु राय यादव प्रहरी फन्दामा परेका छन् । सर्लाही बरहथवा–१० सीतापुरका रायको ठगीधन्दाबारे बुधबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । आफ्ना कर्तुत सार्वजनिक भएपछि भेष बदलेर भाग्दै गरेको अवस्थामा यादवलाई बुधबार […]

भोलिबाट मौसममा सुधार आउने, लगत्तै सोमबारबाट पानी पर्ने पूर्वानुमान

काठमाडौं, २४ पुस । केही दिनदेखि जारी बदली र वर्षामा भोलिबाट सुधार आउने भएको छ । तर लगत्तै सोमबारबाट नयाँ प्रणाली भित्रिने र त्यसले पानी पर्ने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ । पश्चिमी वायुले भित्राएको न्यूनचापीय प्रणालीका कारण केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । हिमाली भागमा हिमपात र तराई […]

आफूलाई आनन्द, अर्कालाई अमिलो: खतिवडा अब अमेरिकाका लागि राजदूत ?

काठमाडौं, २३ पुस । गत शुक्राबार राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्दा ‘यो पटक २ वर्षे अवधि पूरा गरेका कसैलाई पनि नदोहो याउने, मापदण्ड बनाइयो । त्यो अर्थमन्त्री युवराज खतिवडालाई पुनः संसद हुनबाट सदाका लागि पन्छाउने रणनीति बमोजिम आएको थियो । अब राष्ट्रपतिले मनोनयन गर्ने कोटामा पनि खतिवडा नपर्ने पक्का भयो । गत वर्ष अर्थमन्त्रीको […]

इरानमा विमान दुर्घटना हुँदा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको निधन

इरानको राजधानी तेहरानमा भएको विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्य गरी १ सय ७० जनाको निधन भएको छ । तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो। विमानमा सवार सबैको निधन भएको समाचारसंस्था एपीले इरानी संचारमाध्यमलाई उद्धृत गर्दै लेखेको छ। प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको […]

आगो निभाउँदा पिताको ज्यान गयो, १९ महिने छोरालाई दिइयो ‘मेडल’

एजेन्सी । अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गैसकेको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका स्थानीय संचार माध्यमहरुको दावी छ । डढेलोको खतरा बढेसँगै अहिलेसम्म डढेलोका कारण लाखौँ हेक्टर क्षेत्र जलेको अनुमान गरिएको छ । डढेलो प्रभावित क्षेत्र नेदरल्याण्ड वा डेनमार्कको कूल क्षेत्रफलभन्दा बढी […]