यस्तो छ भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रधानमन्त्रीलाई बुझाएको ११ बुँदे मागपत्र

भक्तपुरमा पाँच दलीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइएको हो । भक्तपुरका पाँच प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्तरुपमा विभिन्न ११ वटा मागसहित ज्ञापनपत्र बुझाएका हुन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईमार्फत […]

जेठ २५ देखि ६०–६४ वर्ष उमेरका नागरिकलाई चिनियाँ खोप लगाइने

काठमाडौं । चिनियाँ अनुदानको खोप भेरोसेल जेठ २५ गतेदेखि लगाइने भएको छ। देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनामा भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको जनाइएको छ। पहिलो चरणको […]

बरिष्ठताका आधारमा इजलास गठन गर्न प्रधानन्यायाधिश सहमत, अब अर्को इजलास तोकिने

काठमाडौँ । दुई वरिष्ठ न्यायाधीश संवैधानिक इजलासबाट अलग भएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ । न्यायाधीशहरू दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २३ गते नयाँ इजलास गठन गर्ने निर्णय सुनाएका हुन् । निर्णय सुनाउँदै राणाले भने, ‘वरिष्ठताको आधारमा इजलास तोक्छु । त्यतिबेला रिट निवेदक […]

उपत्यकामा खाद्यान्न पसल खोल्न दिइने, निषेधाज्ञा भने एक साता थप हुने

काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकमा जारी निधेधाज्ञाबारे समीक्षा गरेका छन्। आज काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले महामारी नियन्त्रणमा आइनसकेकाले केही खुकुलो गर्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको छ। खाद्यान्न र किराना पसलहरु खोल्न दिने विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नेपालखबरलाई बताए। ‘निषेधाज्ञाको विषयमा आज […]

विवेकशील साझाका संस्थापक अध्यक्ष उज्वल थापाको निधन

काठमाडौं । कोरोना संक्रमणबाट थलिएका विवेकशील साझा दलका संस्थापक नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । कोभिड-१९ संक्रमणसँगै गम्भीर विरामी परेका थापालाई सुरुमा ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १४ जेठमा मेडिसिटीमा भर्ना गरी इक्मो […]

असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गरिने

काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ। सरकारले संसोधित नियमावली अनुसार दिएको निर्देशनले सबै विद्यालयहरुले शैक्षिक सत्र ०७७ को वार्षिक परीक्षाहरु जेठ २० गतेसम्म सकाएर नतिजासमेत प्रकाशन गरी असार पहिलो साता नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने महानगर कार्यपालिकाको कार्यालयको आइतबार बसेको बैठकले निर्णय गरेको महानगरका शिक्षा अधिकारी रामप्रसाद […]

कोरोनाकालमा पनि कर बढाएका क्षेत्रहरु

काठमाडौं । आर्थिक वर्ष २०७८÷७९ को वजेट सार्वजनिक गर्दै सरकारले चुरोट, सुर्ती र मदिराजन्य वस्तुको कर बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले ती वस्तुको कर बढाए पनि मूल्यअभिवृद्धि करको दर भने यथावत् राखेका छन्। उनका अनुसार भन्सार महसूलका दरहरूमा सामान्य समायोजन गरिएको छ भने बियर, वाइन, चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरिएको छ। बजेट […]

बजेटमाथि डा. भट्टराईको प्रतिक्रियाः नहुने चुनावको एमाले घोषणापत्र

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई ‘नहुने चुनावको एमाले घोषणापत्र’को संज्ञा दिएका छन्। अर्थमन्त्री विष्णु पौडेलले शनिबार घोषणा गरेको बजेटलाई पूर्वअर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले ‘सीधासादा जनतालाई ललिपप’ भनेका छन्। पुरानै नारा र कार्यक्रम बजेटमा राखिएको डा. भट्टराईको टिप्प्णी छ। साथै […]

कोभिड राहत र आर्थिक पुनःउत्थानका लागि वजेटमा दिइएका छुट

काठमाडौं । सरकारले कोभिड राहत, सहुलियत र आर्थिक पुनःउत्थानका लागि छुट तथा अनुदानको व्यवस्था गरेको छ। निषेधाज्ञा अवधिभर अत्यावश्यक सामग्री खरिदमा २० प्रतिशत छुट दिने जनाएको छ । सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कम्पनीबाट खरिद गर्नेलाई सो छुट दिइने भएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा […]

वजेटमा सरकारले घोषणा गरेका छुटै छुटका क्षेत्रहरु

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा व्यक्तिलाई करमा पर्याप्त छुट र सहुलियत दिने घोषणा गरेको छ। यसअनुसार आर्थिक वर्ष २०७७/०७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदाताले ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार भएका […]