असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गरिने

काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ।

सरकारले संसोधित नियमावली अनुसार दिएको निर्देशनले सबै विद्यालयहरुले शैक्षिक सत्र ०७७ को वार्षिक परीक्षाहरु जेठ २० गतेसम्म सकाएर नतिजासमेत प्रकाशन गरी असार पहिलो साता नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने महानगर कार्यपालिकाको कार्यालयको आइतबार बसेको बैठकले निर्णय गरेको महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताका हुन् ।

केन्द्र सरकारकैै निर्देशन अनुसार शिक्षा अधिकारी सुवेदीको हस्ताक्षरसहितको निर्देशन सबै विद्यालयहरुलाई आइतबार नै दिएको छ। शैक्षिक सत्र ०७७ वार्षिक परीक्षा मूल्यांकन पाठ्यक्रमले व्यवस्था गरे अनुसार विद्यालयहरुले अनुकुल हुने गरी उपयुक्त मूल्यांकन गर्न विद्यालयहरुलाई दिएको निर्देशनमा उल्लेख गरिएको छ।

Loading...