विपक्षि गठवन्धनले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदमबिरुद्द सशक्त प्रतिकार गर्ने निष्कर्षमा

सरकारको संरक्षणमा भ्रष्ट्राचार र कमिशनखोरी बढेको आरोप

काठमाडौँ।  विपक्षि गठबन्धन नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी , माधव नेपाल समूह र राष्टिय जनमोर्चाले राष्ट्रपति र प्रधामन्त्रीको पछिल्लो कदमलाई बिरोध जनाउदै सशक्त प्रतिकार गर्ने निष्कर्ष निकालेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा राष्ट्रपतिले एकपछि अर्को संविधानको धारा मिच्ने काम भएको समेत विपक्षी गठबन्धनले जनाएको छ ।

बैठकपछि संयुक्त विज्ञप्ति जारी कांगेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै त्यसमा ऐक्यवद्धता जनाएका हुन् ।

त्यस्तै १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनको सरकार गठनका लागि दाबी गरिरहेका बेला सरकारले अन्य कदम नचाल्नका लागि समेत चेतावनी दिएको छ । 

‘प्रतिनिधि सभाको पुनःस्थापना र प्रतिनिधि सभाका १४९ सदस्यहरुको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा हामीले विधिवत रुपमा दाबी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालिन असर पर्ने किसिमका कुनैपनि कामकारबाही नगर्न सरकारलाई चेतावनी दिन चाहान्छौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ- ‘देश कोरोना महामारीबाट आक्रान्त भइरहेको कठीन स्थितीको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को भइरहेका छन् । सरकारको संरक्षणमा भ्रष्ट्रचार र कमिशनखोरी बढ्दो छ । राज्यसंयन्त्रको स्वेच्छाचारी रुपमा दुरुपयोग हुँदैछ ।’-  बिज्ञप्तिमा भनिएको छ।

Loading...