सुकेटार विमानस्थलको नाम परिवर्तनमा जिल्लावासी नै असन्तुष्ट

 

ताप्लेजुङ्को सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नाम परिवर्तन गर्ने बिषयमा त्यस क्षेत्रका राजनीतिक दल, नागरिक समाज तथा स्थानीयवासी असन्तुष्ट देखिएका छन्। आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा गरिइएको थियो । सामाजिक सञ्जाल मार्फत उनीहरुले विमानस्थलको नयाँ नामकरणका नगर्न सरकारलाई सुझाव दिइएको छ ।

निवर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का नेता योगेश भट्टराईले यस बिषयमा बिमति राखेका छन्। उनले आइतबार सामाजिक सञ्जल मारफत ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्ने र्बिचार राखेका छन् ।

Loading...