जेठ २५ देखि ६०–६४ वर्ष उमेरका नागरिकलाई चिनियाँ खोप लगाइने

काठमाडौं । चिनियाँ अनुदानको खोप भेरोसेल जेठ २५ गतेदेखि लगाइने भएको छ।

देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनामा भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको जनाइएको छ।

पहिलो चरणको खोप लगाएसँगै दोस्रो डोजको पनि सुनिश्चितता गर्ने मन्त्रालयको प्रतिवद्धता छ।

चीनले अनुदानमा दिएको १० लाखमध्ये ९ लाख डोज नेपाल आइपुगेको छ भने बाँकी एक लाख भोलिबुधबार काठमाडौं आइपुग्नेछ।

Loading...