बरिष्ठताका आधारमा इजलास गठन गर्न प्रधानन्यायाधिश सहमत, अब अर्को इजलास तोकिने

काठमाडौँ । दुई वरिष्ठ न्यायाधीश संवैधानिक इजलासबाट अलग भएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।

न्यायाधीशहरू दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिने निर्णय गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २३ गते नयाँ इजलास गठन गर्ने निर्णय सुनाएका हुन् ।

निर्णय सुनाउँदै राणाले भने, ‘वरिष्ठताको आधारमा इजलास तोक्छु । त्यतिबेला रिट निवेदक र विपक्षी कसैले विवाद नगर्नुहोला भनेर आग्रह गर्न चाहन्छु ।’

यससँगै मंगलबारको इजलास सकिएको छ । इजलासमा नेकपा विभाजनसम्मन्धी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसमा पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसी समावेश भएको भनेर रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाएका थिए ।

Loading...