उपत्यकामा खाद्यान्न पसल खोल्न दिइने, निषेधाज्ञा भने एक साता थप हुने

काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकमा जारी निधेधाज्ञाबारे समीक्षा गरेका छन्।

आज काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले महामारी नियन्त्रणमा आइनसकेकाले केही खुकुलो गर्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको छ।

खाद्यान्न र किराना पसलहरु खोल्न दिने विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नेपालखबरलाई बताए।

‘निषेधाज्ञाको विषयमा आज कुनै निर्णय भएको छैन,’ पराजुलीले भने, ‘भोली पुन: बैठक बसेर यस विषयमा निर्णय लिन्छौं। खद्यान्न पसल खोल्ने विषयमा छलफल अघि बढेको छ।’

अघिल्लो साता खाद्यान्न पसल बन्द गर्ने निर्णय भएको थियो।

Loading...