सर्लाही । सर्लाहीस्थित पूर्वपश्चिम राजमार्गमा कारले ठक्कर दिँदा हरिणको ज्यान गएको छ । लालबन्दी नगरपालिकामा पर्ने नवलपुर-लालबन्दीबीचको जङ्गल खण्डमा कारको ठक्करबाट हरिणको ज्यान गएको हो । स्थानीय प्रत्यक्षदर्शीले बताए अनुसार आइतबार बिहान करिब १० बजे नवलपुरबाट लालबन्दी तर्फ जादै गरेको कारले सडक पार गर्न लागेको हरिणलाई ठक्कर दिन पुगेको थियो । मुखबाट अत्यधिक रक्तस्राव भई […]
ब्यानर न्यूज
नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन भक्तपुरमा सुरु
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन आजबाट भक्तपुरमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको सेवा नै पार्टीको मुख्य उद्देश्य रहेको बताएका छन्। उनले विगतका सरकारहरू असफल भएको आरोप लगाउँदै अहिलेसम्मका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई जनताले टुँडिखेलमा कारबाही गर्नुपर्ने भनाइ राखे। महाधिवेशन […]
पाथीभरा एकेडेमीको १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
भक्तपुर । सूर्यविनायक नगरपालिकास्थित पाथीभरा एकेडेमीको १३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमन्त सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुर्यबिनायक नगरपालिकाकी उप-प्रमुख सरिता तिमिसिना भट्टराई प्रमुख अतिथि रहेकी थिइन् । विशेष अतिथिका रूपमा नगरपालिकाका शिक्षा प्रमुख रत्न कटुवालको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्यहरू बुद्धि बहादुर थापा, रामचन्द्र […]
बोदेमा धर्मचक्र गुम्बाको शिलान्यास
भक्तपुरको मध्यलुर थिमि-८ बोदे क्षेत्रमा रहेको धर्मचक्र गुम्वाको जग पूजा गरिएको छ । मेयर सुरेन्द्र श्रेष्ठले गुम्बा निर्माणको शिलान्यास गरेका छन् । गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष गणेशमान चक्रधरले करिब ७० लाखकाे लागतमा निर्माण कार्य सम्पन्न हुने जानकारी गराए । त्यसका लागि स्थानीय सुकुदेव साहुखलको अध्यक्षतामा उपभोक्ता समितिले काम गर्ने उनले बताए । दुई वर्ष भित्रका […]
नेताहरूलाई पछि पार्दै अखिल(क्रान्तिकारी) को उपत्यका समिति बन्यो फुटसल प्रतियोगिताको बिजेता
भक्तपुर । वाइसीएल नेपालले शहीद सप्ताहको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा अखिल(क्रान्तिकारी) उपत्यका बिशेष प्रदेश समिति बिजेता बनेको छ । वाइसीएलको बागमती प्रदेश समितिको आयोजनामा बुधबार सम्पन्न सो प्रतियोगितामा अखिल(क्रान्तिकारी) बिजेता बनेको हो । भक्तपुरको मध्यपुर थिमि-२ स्थित रोयल नेपाल फुटसल क्लबमा सम्पन्न प्रतियोगितामा नेता सुरज श्रेष्ठको कप्तानीमा उत्रिएको अखिल (क्रान्तिकारी) को उपत्यका बिशेष […]
दुधौलीको सहिद स्मृति शान्ति पार्कमा शिव र बुद्धको प्रतिमा अनावरण
सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१० स्थित सहिद स्मृति शान्ति पार्कमा शिव भगवान र बुद्ध भगवानको प्रतिमाको भव्य अनावरण गरिएको छ। यस अवसरमा दुधौली नगरपालिकाको पहिचान झल्काउने संरचनाको समेत उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा दुधौली नगरपालिका मेयर श्री दिनेश अधिकारी, उपमेयर श्री चन्द्रकिशोर थारु, बागमती प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख, सिन्धुली जिल्ला समन्वय समितिका […]
प्रेस सेन्टरको उपत्यका प्रदेशमा लिम्बुको अध्यक्षतामा नयाँ नेतृत्व
काठमाडौं । प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश अध्यक्षमा लोकेश लिम्बु निर्वाचित भएका छन् । काठमाडौंको बिजुली बजारस्थित क्रीस्टल ब्याङ्क्वेटमा सम्पन्न दोस्रो अधिवेशनबाट लिम्बुको अध्यक्षता २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा बुद्ध योन्जन समावेशी उपाध्यक्षमा श्याम तण्डुकार र महिला उपाध्यक्षमा सरिता थापा निर्वाचित भएका छन् । महासचिवमा भने रोशन क्षेत्री गाउँले निर्वाचित […]
हेटौडामा भव्य समारोहबीच उपन्यासकार केशव घिमिरे सम्मानित
हेटौंडा । नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौडाद्वारा आयोजित ‘दोस्रो नवसर्जक उत्सव’ मा उपन्यासकार केशव घिमिरेलाई ‘टिका ईश्वरी स्मृति नवसर्जक प्रतिभा सम्मान २०८१’ द्वारा सम्मानित गरिएको छ। नयाँ तथा प्रतिभावान साहित्यकारलाई हौसला प्रदान गर्ने उद्देश्यले प्रदान गरिने यो सम्मान यस वर्ष बागमती प्रदेशबाट केशव घिमिरेलाई प्रदान गरिएको हो। प्रदेश स्तरीय छनोट प्रक्रियामा घिमिरे […]
स्थानीय तहबाट समाजवादको अभ्यास गर्न प्रचण्डको निर्देशन
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालयले राजधानीमा आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको शनिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पार्टी नेतृत्वमा रहेका पालिकाले समाजवादको अभ्यास शुरु गर्नु निर्देशन पनि दिए । […]
राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक: प्रचण्ड
पोखरा। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन । शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताएका हुन । भेलामा प्रचण्डले भने, ”संविधान निर्माणको […]