कस्ताे अनाैठाे ! विद्युत् उत्पादन धेरै हुँदा भएर लोडसेडिङ

Nepal_Marsyangdi_Dam

बेसीसहर, असार १४ । विद्युत् उत्पादन बढ्दा लोडसेडिङ घट्नुपर्ने साधारण विश्वास भए पनि लमजुङमा भने यसको उल्टो भएको छ। बढी उत्पादन भएकै कारण लमजुङका जनताले लोडसेडिङको मार खेप्नुपरेको छ। वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लाका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि वितरण लाइनमा समस्या आएको छ जसका कारण लमजुङमा छिनछिनमा बत्ती जाने […]

जस्तापाताकाे रेखदेख र भाडामै सिध्याइयाे ५ करोड

Earthquake Nepal Jasta pata

काठमाडौं, असार १४ । साल्ट ट्रेडिङ कर्पोरेशनले भूकम्पपीडितका लागि किनेको जस्तापाता वितरणमा सरकारी निकायले चासो नदिँदा गोदाममै थन्किएको छ। समयमा नै जस्तापाता वितरण हुन नसक्दा हालसम्म थप ५ करोड रुपैयाँ घाटा बेहोर्नुपरेको कर्पोरेशनको भनाइ छ। भूकम्प गएको २ वर्ष बितिसक्दा पनि सरकारले जस्तापाताको व्यवस्थापन गर्न नसकेको कर्पोरेशनले बताएको छ । कर्पोरेशनले तत्कालीन समयमा रू। ३० […]

ठेकेदार बेपत्ता, सडक अलपत्र

भारत सरकारको सहयोगमा अत्याधुनिक ग्राभेल सडक बनाउने ठेक्काको सम्झौता भएपनि कामै नगरी ठेकेदार बेपत्ता हँुदा महोत्तरीका तीन वटा प्रमुख सडक निर्माण हुन सकेन् ।  सन् २०११ मा ३० महिनाभित्र बनाइसक्ने भनि ठेक्का लगाइएका भारतको हैदराबादस्थित भिस्वा विभिएसआर जेभि कम्पनीले सडक नबनाइकनै भागेपछि महोत्तरीको भिट्ठामोड–जनकपुर, जलेश्वरदेखि हर्दि, र सम्सीदेखि माईस्थानसम्मको सडकखण्ड बन्न नसकेको हो ।  ठेकेदार […]

भारतमाथि चीनकाे गम्भीर अाराेप: ट्रम्पले माेदीलार्इ खेलाैना बनाइ चीनविरुद्ध प्रयाेग गर्न थाले

काठमाडाैं,१३ असार । भारतमा राष्ट्रपतिकाे निर्वाचनकाे तयारी भइरहँदा अमेरिका पुगेका नरेन्द्र माेदीकाे भ्रमणलार्इ चीनले कडा प्रतिक्रिया जनाएकाे छ । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग कुराकानी गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलार्इ अमेरिकाले केबल खेलाैनाका रुपमा मात्र प्रयाेग गर्न खाेजेकाे चीनकाे प्रतिक्रिया अाएकाे छ । चीन सरकारले प्रकाशन गरिरहेकाे अखबार ग्लाेबल टाइम्सले अमेरिकाले भारतलार्इ चीनका विरुद्ध एक टूलका […]

सिक्किममा भारत र चिनियाँ सेनाबीच झडप । मानसराेवर जाने नाका राेक्याे चिनले

China-India Border

काठमाडाैं । भारत सिक्किमकाे सीमा क्षेत्रमा चीन र भारतका सैनिकबीच झडप भएकाे खबर अाएकाे छ । सिक्किमकाे नाथुला क्षेत्रमा दुर्इ देशका सैनिक बीच भएकाे झडपका बारेमा भारतीय सञ्चारमाध्यामले निकै प्राथमिकता दिएका छन् । त्यस क्षेत्रमा पछिल्ला १० दिनमा यस्ता झडप सामान्यत: दैनिक भइरहेकाे बताइन्छ । भारतीय टेलिभिजन च्यानलहरुमा दुर्इ देशका सैनिकबीच भएकाे झडपकाे भिडियाे पनि […]

गुणस्तरहीन पोलिमर नोट प्रकरणमा पूर्व गर्भनरमाथि यसरी हुँदैछ छानविन

nepal-rastra-bank

काठमाडौं, १३ असार । सर्वोच्च अदालतले बाटो खोलिदिएपछि १० रुपैयाँको पोलिमर नोट निष्कासनमा प्रमुख भूमिका रहेका नेपाल राष्ट्र बैङ्कका तत्कालीन गभर्नर डा. तिलक रावलसहित नौ जनाको सम्पत्ति विवरण नेपाल सरकारले अष्ट्रेलियाली सरकारसमक्ष पठाउने तयारी गरेको छ । त्यसका लागि कानून मन्त्रालय, नेपाल राष्ट्र बैङ्कलगायत निकायले आआफ्नो जिम्मेवारीअनुसारको कार्य गरिरहेका छन्। कानून मन्त्रालयका सहसचिव तथा प्रवक्ता […]

१४ वर्षीय बालिकाका हत्यारा ६ वर्षपछि दिल्लीको अस्पतालमा यसरी पक्राउ परे

Rape

काठमाडौं, १३ असार । चौध वर्षीया किशोरीको बलत्कारपछि हत्या गरी भारतमा लुकेर बसेका श्याम राउतलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। रामेछापकी सुन्तली तामाङको बलात्कारपछि हत्या गरी भागेर भारत पुगेका राउतलाई मध्यक्षेत्र प्रहरी कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय रामेछापको संयुक्त अनुसन्धानमा भारतको नोयडाबाट नियन्त्रणमा लिएर नेपाल ल्याइएको हो। २०६८ माघ ५ […]

मोदीको ‘जीएसटी’ नीतिले नेपाली बजारमा पार्यो यस्तो असर

Narendra-Modi

काठमाडौं, १३ असार । लण्डनबाट प्रकाशित हुने ‘दी इकोनोमिष्ट’ को २४ जुनको अनलाइन संस्करणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालका दुई उपलब्धि उल्लेख छन्, अमौद्रिकीकरण र वस्तु तथा सेवाकर (जीएसटी) लागू गर्ने निर्णय। १ जुलाईबाट लागू हुने जीएसटीलाई अमौद्रिकीकरणकै हाराहारीको उपलब्धिका रूपमा पत्रिकाले विश्लेषण गरेको छ। नेपाल, भुटानजस्ता भारतीय मुद्रामै व्यापार गर्ने मुलुकलाई अमौद्रिकीकरणको सिधा असर […]

सरकारी ढुुकुटीमा थुप्रियो २ खर्ब ६३ अर्ब

nepal-rastra-bank

काठमाडौं, १३ असार । सरकारले समयमै बजेट खर्चन नसक्दा सरकारी ढुकुटीमा यतिबेला २ खर्ब ६३ अर्ब रुपैयाँ बचत भएको छ । राजस्व लक्ष्यभन्दा बढी संकलन भए पनि खर्च गर्ने प्रवृत्तिमा सुधार नहुँदा सरकारी ढुकुटीमा रकम थुप्रिएको हो। नेपाल राष्ट्र बैंकले सरकारको ढुकुटीमै बचत भएको यो रकम बैंक तथा वित्तीय संस्थाहरूमार्फत उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्रस्ताव […]

अध्यागमन, प्रहरी, नागरिक उड्डयन र एयरलाइन्सका कर्मचारी मानव तस्करको जालोमा

kathmandu-Airport

काठमाडौं, १३ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीको चरम लापरबाहीका कारण दिनहुँजसो गलत कागजात भएका व्यक्तिले प्रस्थान (डिपार्चर) अनुमति पाएको भेटिएको छ। अध्यागमनका कर्मचारीले असार ७ गते दुबई गएका एक नेपालीको भिसामा नागरिकता ‘भारतीय’ उल्लेख भए पनि प्रस्थान अनुमति दिए। कामको सिलसिलामा दुबई जान लागेका नेपाली नागरिक मनोजकुमार साहको प्रवेशाज्ञामा गल्तीवश ‘भारतीय नागरिक’ […]