एकै परिवारका ३ जनालाई पहिरोले पुर्यो

खोटाङ, २७ असार । खोटाङमा पहिराले घर पुर्दा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । लगातारको बर्साका कारण शुक्रबार बिहान खोटाङको खोटेहाङ गाउँपालिका– ३ बाक्पचाङमा करिब ४ बजे सुतिरहेको अवस्थामा आएको पहिरोले पुर्दा विष्णु राईका श्रीमती र छोरा छोरी वेपत्ता भएका हुन् । विष्णुलाई भने स्थानीयले उद्दार गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार […]

अमेरिकी एजेण्टबारे गगनको खण्डन, अब सिंंगापुर अध्ययन गर्न जाने जानकारी

काठमाडौं, २७ असार । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफूविरुद्ध गत सोमबार एक अनलाईनमा प्रकाशित समाचारका विषयमा खण्डन गरेका छन् । अनलाइनमा उनी अमेरिकी दूतावासको सम्पर्क सुत्र रहेको समाचार सार्वजनिक भएपछि उनले शुक्रबार फेसबुक लाइभमा सो समाचारको खण्डन गरेका हुन् । २०६८ सालमा विकिलिक्सको सार्वजनिक गरेको दस्तावेजका आधारमा आफूमाथि अमेरिकी दूतावासका लागि काम गर्ने […]

अविरल वर्षासँगै बाढी पहिरोको वितण्डा, १७ को मृत्युु

काठमाडौं, २७ असार । देशभर जारी अबिरल वर्षासँगैको बाढी र पहिरोमा परी १७ जनाको ज्यान गएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)का अनुसार बाढी र पहिरोमा परेर १३ जना घाइते भएका छन् । अहिलेसम्म खोटाङमा ३, काठमाडौंमा ३, काभ्रेमा २, भोजपुरमा २ तथा ललितपुर, मकवानपुर, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली र धादिङमा […]

ल्यान्ड गर्दा चिप्लिएकाे यति हटाउन ८ घन्टा, बल्ल सुचारू भयाे काठमाडौं एअरपोर्ट

काठमाडौं, २७ असार । शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको विमान हटाएसँगै उडान सुचारु भएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडान भरेको यति एयरलाइन्सको एटीआर–७२ विमान रनवे चिप्लिएको थियो । विमान चिप्लिएपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध भएको थियो । विमान हटाएसँगै करिव ८ […]

हनुमन्तेले बगाएका युवकको उद्धार : बस्तीमा पानी पस्यो

भक्तपुर, २७ असार । अविरल बर्षाको कारण भक्तपुरको हनुमन्ते खोलमा आएको बाढीले बगाएका एक व्यक्तिको उद्धार गरिएको छ । बालकोटस्थित हनुमन्ते खोलाको डिलबाट खसेर बेपत्ता बनेका व्यक्तिलाई प्रहरीले उद्धार गरेको हो । शुक्रवार दिउसो सुर्यविनायक- २ बालकोट हनुमन्ते खोला किनारमा हिडिरहेका सन्तोष पहरी खोलामा खसेर बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानीयको सहयोगमा उद्दार गर्न सकिएको […]

बौद्धमा जापानी पर्यटक माथि आक्रमण र लुटपाट

काठमाडौँ, २७ असार । काठमाडौँको बौद्धमा आज जापानी पर्यटकमाथि आक्रमण र लुटपाट भएको छ। लुटेराले उनको साथबाट २ लाख भन्दा बढी लुटपाट गरेको प्रहरीले बताएको छ काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीमाथि आक्रमण र लुटपाट भएको हो । लुटेराले उनी बस्ने डेरामा पसी सुमिजुलाई धारिलो हतियार प्रहार गरेर […]

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, ८ बेपत्ता !

काठमाडौं । तीनदिन देखि आएको अविरल वर्षाका कारण ११ भन्दा बढीले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा ८ भन्दा बढी बेपत्ता भएका छन् । निरन्तर वर्षापछि आएको बाढीपहिरोबाट काठमाडौंमा ३ सहित देशका विभिन्न स्थानमा गरी ११ बढीको मृत्यु भएको हो । काठमाडौंको मुलपानीमा ढिस्को खसेर घर भत्कँदा ३ जनाको […]

“सम्पूर्ण योग” सार्वजनिक

भक्तपुर, २७ असार । योग सम्बन्धी ८८ वटा योगासन सहितको सम्पूर्ण जानकारी समेटिएको पुस्तक “सम्पूर्ण योग” सार्वजनिक गरिएको छ । भक्तपुरमा शुक्रवार एक कार्यक्रमकाबीच लेखक योगी राजनद्वारा लिखित पुस्तक “सम्पूर्ण योग” सार्वजनिक गरिएको हो । कार्यक्रममा पत्रकारत्रय सोम शर्मा बजगाई, रमेश गिरी, ऋषिकेश श्रेष्ठ त्यसैगरी युवा व्यवसायी गोकूल वन र पुस्तक लेखक योगी राजनले संयुक्त […]

काठमाडौंमै घरको पर्खाल भत्किदा एकै घरका तीनको मृत्यु

काठमाडौं, २७ असार । काठमाडाैंकाे मुलपानीमा घरकाे पर्खाल भत्किदा ३ जनाकाे मृत्यु भएकाे छ । शुक्रबार अविरल वर्षाका कारण मुलानीमा एक घरकाे पर्खाल भत्किएर एकै घरका ३ जनाको ज्यान गएकाे हाे । मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका […]

विद्यार्थी बोकेर गुडिरहेको स्कुल बसमाथि ढल्यो सालको रुख

कंचनपुर, २७ असार । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित अनिरूद्र माविको विद्यार्थी बोकेर गुडिरहेको बसमाथि सालको रुख ढलेको छ। ढलेको रुखले च्यापेर बसमा क्षति पुगेको छ भने दुई विद्यार्थी सामान्य घाइते भएका छन् ।बिद्यालय बिदा भएपछी विद्यार्थी लिएर बस सिमलफाँटातर्फ जाने क्रममा बसमाथि रुख ढलेको स्थानीयले बताएका छन् । घाइते विद्यार्थीको स्थानीय स्वास्थ्य सस्थामा उपचार भैरहेको बताइएको […]